बैशाख १४, २०८१ शुक्रबार

बिर्तामोड कुष्ठरोगको उच्च जोखिममा

बिर्तामोड । झापाको १५ स्थानीय तहमध्ये बिर्तामोड नगरपालिका कृष्ठरोगको उच्च जोखिममा रहेको छ । झापाको बिर्तामोड, दमक र भद्रपुर कृष्ठरोगीको संख्या धेरै भएको पालिकामा पर्दछ ।

७० औं विश्व कुष्ठरोग दिवसको अवसरमा बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा प्रस्तुत तथ्याङ अनुसार जिल्लाकै उच्च जोखिममा बिर्तामोड देखिएको छ । १० हजार बराबर १ जनाभन्दा कम विरामी हुनुपर्नेमा बिर्तामोडमा २ जनाको हाराहारीमा विरामी रहेको स्वास्थ्य शाखाका दिपक सापकोटाले जानकारी दिए । यो तथ्याङकले बिर्तामोड उच्च जोखिममा रहेको बुझ्नुपर्ने सापकोटाको भनाई छ । चालु आर्थिक वर्षको ६ महिनामा यस नगरभित्र २० जना विरामीले औषधि सेवन गरिररहेका छन् । जिल्लामा १२३ जनाले औषधि खाइरहेको तथ्याङक छ ।
बिर्तामोड नगर अस्पतालबाट १७, चारपाने स्वास्थ्य चौकीबाट १ र गरामनी स्वास्थ्य चौकीबाट २ जनाले औषधि सेवन गरिरहेको स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जानकारी दिए । उनका अनुसार कुष्ठरोगका विरामी खोजी गर्न सबै वडामा माइकिङ समेत गरिएको छ ।

नगरले आज जनप्रतिनिधिहरुका लागि कुष्ठरोग सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया आयोजना गरेको थियो । अन्तरक्रियामा कुष्ठरोगबाट हुने असर र उपचारका बारेमा जानकारी दिइएको छ । कुष्ठरोग पहिचान भएमा समयमै उपचार गर्दा निको हुने र अंगभंगबाट सुरक्षित हुने नेपाल कुष्ठरोग संगतिका झापा संयोजक पर्शुराम पोखरेलले जानकारी दिए । उनले अन्तरक्रियामा सहजीकरण गर्दै उपचारमा आवश्यक सहयोग गर्ने बताए ।

समयमा उपचार नगर्दा अंगभंग हुने, सामाजिक रुपमा दुव्र्यहार व्यहोर्नुपर्ने लगायतका समस्या हुने उनले बताएका छन् । उनले कुष्ठरोग सरुवा रोग भएकोले बेलैमा उपचार गरेर आफ्नो वडा र पालिकालाई कुष्ठरोगमुक्त बनाउन जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । सोही संस्थाको तर्फबाट एन्डु« सिथलिङले सहजीकरण गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले कुष्ठरोगमा हेल्चेक्राई नगर्न आग्रह गरिन् । उनले शुरुआतमा हेर्दा सामान्य देखिने भए पनि विस्तारै गम्भीर समस्या हुने बताइन् । नगर प्रमुख प्रसाईले सबै वडाका वडाध्यक्षहरुलाई कुष्ठरोगका विरामीको उपचारमा विशेष पहल गर्न आग्रह गरेकी छन् । उनले भनिन्, शंका लाग्ने वित्तिकै नगर अस्पताल पठाएर उपचार शुरु गर्नुहोस् ।

प्रकाशित मिति : माघ १५, २०७९ आईतबार  ११ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]