बैशाख १२, २०८१ बुधबार

कनकाई नगरपालिकाले बाढ्यो ब्ल्याङ्केट

चन्द्र बस्नेत
कनकाई । कनकाई नगरपालिकाले ब्ल्याङ्केट बितरणलाई तिव्रता दिएको छ । जाडोले जेष्ठ नागरिक, अशक्त तथा अपांगता भएका व्यक्ति, बालबालिका, अति विपन्न परिवारका साथै रोगी र सुत्केरी महिलाहरूलाई लक्षित गरि नगरका नौ वटा वडामा एकै साथ ब्ल्याङ्केट बितरण गरिएको हो ।

जाडो बढेसँगै नगरका सबै वडामा ब्ल्याङ्केट बितरण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिए । प्रत्येक वडामा २० परिवारका दरले १ सय ८० भन्दा बढि परिवारलाई नौ वटा वडामा एकै साथ ब्ल्याङ्केट बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जानकारी दिए । नगर प्रमुख पोख्रेल, नगर उपप्रमुख आशा शर्मा शिवाकोटी , प्रशासन शाखाका प्रमुख विवेक भण्डारी, जिन्सी शाखाका प्रमुख भोजराज आचार्य , लेखा शाखा प्रमुख दुर्गा खड्का , वडा नं. १ वडा सदस्य निर्मला खड्का , हरि कुमार राई , दल बहादुर थापा लगायले ब्ल्याङ्केट वितरण गरेका थिए ।

यसअघि पनि नगरका सबै वडामा अति विपन्न तथा जेष्ठ नागरिकहरुलाई जाडोबाट बचाउन ब्ल्याङ्केट लगायतका सामग्री वितरण गरिएको प्रशासन विभागका प्रमुख भण्डारीले जानकारी दिए ।

नगरले परिवारको अवस्थालाई हेरेर जाडोबाट बचाउन टोल एवम् वडाबाट सिफारिसमा परेका अति विपन्न परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको वडा नं. १ का वडा अध्यक्ष सुशीलकुमार पोख्रेलले जानकारी दिए । ब्ल्याङ्केट वितरण कार्यक्रममा नगरका सबै वडा अध्यक्षहरु , कार्यपालिका सदस्य , अन्य वडा सदस्य , टोल विकास संस्थाका पदाधिकारी , नगर कर्मचारी लगायतको उपस्थितिमा नगरले उक्त कार्यक्रम सम्पन्न गरेको कर्मचारी विजय पाठक बताउका छन् । आगामी केही दिनमा नै नगर भरिका सामुदायिक विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने तयारी भईरहेको वडा न १ का अध्यक्ष पोख्रेलले जानकारी दिए ।

प्रकाशित मिति : माघ १५, २०७९ आईतबार  ११ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]