बैशाख १५, २०८१ शनिबार

कनकाईमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम शुरु

चन्द्र बस्नेत

कनकाई । झापाको कनकाई नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ । नगरका ९ वटै वडामा टोल तथा वडाबाट सिफारिस भएका प्रत्येक टोलका २ घर परिवारलाई पूर्ण रुपमा निःशुल्क र ५ घर परिवारलाई आधा खर्चमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिए ।

नगरले प्रत्येक टोलका २ घरपरिवारलाई पूर्ण निःशुल्क र ५ घरपरिवालाई आधा पैसामा स्वास्थ्य बीमा गर्ने लक्ष्यले आइतवार कनकाई वडा नम्बर ६ बाट स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको नगर प्रमुख पोख्रेलले जानकारी दिए । दुई बर्ष अघि कोरोना कहरबाट प्रभावित नगरवासीलाई अहिलेसम्म नै निशुल्क अक्सिजन समेत उपलब्ध गराउदै आएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत वडा नम्बर ६ का १४ टोलका २८ घर परिवारलाई पूर्ण रुपमा निःशुल्क र ५० घरपरिवारलाई आधा शुल्कमा बीमा गर्न शुरु गरिएको प्रशासन प्रमुख विवेक भण्डारीले जानकारी दिए ।

कार्यक्रममा विभिन्न राजनीति दलका प्रमुख प्रतिनिधि , संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायत स्थानीयवासीको उपस्थिति रहेकोे थियो । कनकाई–६ का वडाध्यक्ष दीर्घबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख राजेन्द्रकु्मार पोख्रेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगाल, नारायणप्रसाद अधिकारी लगायतले धारणा राखेका थिए । कार्यक्रमको औचित्यमाथि वडाध्यक्ष थापाले प्रकाश पारेका थिए ।

प्रकाशित मिति : माघ १५, २०७९ आईतबार  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]