जेष्ठ १, २०८१ मंगलबार

शहीदको आकाङ्क्षा पूरा गर्न सञ्चारमाध्यमको महत्त्वपूर्ण भुमिका

बिर्तामोड । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शहीदका अधुरा सपना पूरा गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । आज यहाँ आयोजित पत्रकारहरूसँगको अन्तरक्रियात्मक कार्यक्रममा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शहीदहरूको आकाङ्क्षा पूरा गर्ने आमसञ्चारमाध्यमले विशेष भूमिका निर्वाह गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्र र जनताको उन्नतिका लागि जीवन अर्पण गर्ने शहीदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछु । शहीदहरूको सपना कति कुन हदसम्म पूरा हुन आएको छ र अब पूरा गर्ने के गर्नुपर्छ ? त्यसमा अठोट गर्ने र ती आकाङ्क्षा पूरा गर्ने अमासञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ ।”

सभामुख घिमिरेले विगतमा संसदीय समाचार सङ्कलनमा गरिएका राम्रा अभ्यासको निरन्तरता र समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । “संसद्को भूमिका समाजलाई कसरी अग्र गति दिन सकिन्छ भन्ने हो । त्यसका लागि पत्रकार र आमसञ्चारमाध्यमले सहयोग गरिरहेको छ । समाचार सङ्कलन गर्न संसद्भित्र देखिएका चुनौती र समस्यालाई समाधान गर्नेछौँ”, उहाँले भन्नुभयो । अन्तरक्रियामा पत्रकारहरूले संसदीय समाचार सङ्कलनका क्रममा देखिएका चुनौतीबारे सभामुखको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : माघ १६, २०७९ सोमबार  ६ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]