जेष्ठ १, २०८१ मंगलबार

एकीकृत समाजवादीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अर्थतन्त्र सुधारका लागि सुझावसहित ज्ञापन पत्र बुझाएको छ ।

जर्जर बनेको देशको अर्थतन्त्र सुधार गरी युवा र बौद्धिक जनशक्तिलाई स्वदेशमै रोक्न प्रभावकारी कदम चाल्नुपर्ने भन्दै एकीकृत समाजवादीले प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो ।

यस्तै, विद्यालय तहमा एक सीपमूलक विषय अनिवार्य गर्नुपर्ने र कृषि उत्पादन वृद्धिमा जोड बिक्रीको प्रबन्ध गर्नुपर्ने सुझाव पनि दिएको छ ।

त्यसैगरी बहुवर्षिय योजनाका नाममा बजेटमा छुट्याउने र काम नहुने समस्या अन्त्य गर्नुपर्ने, सरकारी लगानीमा निर्माण गर्ने जलविद्युत निर्माणको काम तत्काल अगाडि बढाउनुपर्ने र नीति क्षेत्र तथा सहकारीलाई पनि आकर्षित गर्नुपर्ने एकीकृत समाजवादीले सरकारलाई सुझाव दिएको छ ।

प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार  १० : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]