बैशाख २१, २०८१ शुक्रबार

त्रिदेवका विद्यार्थीले बनाए सेन्सरवाला डस्टबिन

मेचीनगर । त्रिदेव बहुमुखी क्याम्पस, व्यवस्थापन विभागले प्रतिभा प्रवर्द्धन कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले बनाएको सेन्सर डस्टबिन एक कार्यक्रमका बीच प्रदर्शनी गरेको छ ।

बिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी सुरज घतानीको अगुवाईमा तेस्रो वर्षका विद्यार्थी विनय दहाल र उत्सव भट्टराईद्वारा तयार गरिएको उक्त डस्टबिनको उद्घाटन मेचीनगर नगरपालिका वडा नं १३ का अध्यक्ष कृष्णराज सिग्देल, नेपाल बैंक लिं बिर्तामोड शाखाका प्रबन्धक यमनाथ दहाल र त्रिदेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख माघव प्याकुरेलले संयुक्त रूपमा गरेका थिए ।

छेउमा हात लाँदा आफै खुल्ने त्यो डस्टबिन फोहोर मैला व्यवस्थापनको विद्यमान समस्यालाई समाधान गर्न केही हदसम्म सहयोग गर्ने उद्देश्यले परिकल्पना गरिएको त्यसका निर्माता घतानीले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका वार्ड नं १३ का अध्यक्ष कृष्णराज सिग्देलले विद्यार्थीलाई नगरपालिकाको वडा कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रममा सहभागी गराउन योजना रहेकोले त्यस कार्यक्रममा सहभागी हुन समेत आव्हान गर्दै नव प्रतिभाको प्रतिभा प्रस्फुटन गराउन आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।

कार्यक्रममा नेपाल बैंक लिमिटेडका बिर्तामोड शाखाका प्रबन्धक यमनाथ दाहालले नवप्रतिभा विद्यार्थीको प्रतिभा प्रष्फुटन गराउन आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने जिकिर गरेका छन् ।

क्याम्पस प्रमुख माधव प्याकुरेलले त्रिदेव क्याम्पस विविध प्रतिभाको फूलबारी रहेकोले यस्ता प्रतिभाको प्रस्फुटन गराउने अवसर क्याम्पसले प्रदान गर्ने बताउँदै यस्ता प्रतिभाशाली विद्यार्थीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा विद्यार्थी प्रतिनिधिहरू नेविसंघका त्रिदेव एकाई सभापति सौरव वस्नेत, अनेरास्ववियुका त्रिदेव ईन्चार्ज विनिता न्यौपाने, एसक्युसी संयोजक उत्सव भट्टराई लगायत विद्यार्थी प्रतिनिधि थियो ।

विभागले यसै कार्यक्रमको बीच संकाय उकृष्ट विद्यार्थी अमित दहाललाई सम्मान समेत गरेको थियो । उनले ७९ दशमलव ८ प्रतिसत अंक ल्याएर स्नातक तह उत्तिर्ण गरेका थिए ।

व्यवस्थापन विभाग प्रमुख साबित्रा दहाल भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य अंग्रेजी विभाग प्रमुख ज्ञानकुमार खतिवडाले गरेका थिए भने सञ्चालन व्यवस्थापन विभाग सदस्य सहायक प्राध्यापक रोहित बरालले गरेका थिए ।

प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार  ९ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]