जेष्ठ १, २०८१ मंगलबार

माओवादीको पदाधिकारी र स्थायी समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक स्थगित भएको छ। नेताहरुको कार्यविभाजनबारे निर्णय गर्न बुधबार १२ बजे पदाधिकारी र १ बजे स्थायी समितिको बैठक बोलाइएको थियो ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले संसद बैठकका कारण पार्टीका बैठक स्थगित भएको जानकारी दिए। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ।

उपाध्यायले अब पदाधिकारी बैठक नबस्ने र स्थायी समितिको बैठक भने भोलि ११ बजे बस्ने बताए।

१२ माघदेखि सुरु भएको माओवादी स्थायी समिति बैठकले पार्टी एकता, संगठन बिस्तार र नेताहरुको कार्यविभाजनबारे निर्णय लिने बताइएको छ।

प्रकाशित मिति : माघ १८, २०७९ बुधबार  १२ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]