बैशाख ११, २०८१ मंगलबार

शनिश्चरे–बिर्तामोड सडक खण्डमा स्थानीयको अवरोध

बिर्तामोड । शनिश्चरे–बिर्तामोड सडक खण्डमा स्थानीयवासीले टायर राखेर अवरोध गरेका छन् । आज बिहानदेखि शुरु गरेको अवरोध अहिलेसम्म हटेको छैन । शनिश्चरे बजार देखि अर्जुनधारा–६ स्थित कप्तानबारीसम्म स्थानीयबासीले टायर , बाँस र कदमका हाँगा ओच्छ्याएर बाटो छेकेका छन् ।

जिल्लाको मुख्य बजार बिर्तामोडबाट उत्तरी भेग जाने मुख्य सडक खण्ड रहेको शनिश्चरे–बिर्तामोड सडक किनारमा रहेका घरधनीले बाटो निर्माणको माग राख्दै अवरोध गरेका हुन् । सार्वजनिक सवारीसँगै टिपरको आवात जावत बाक्लो हुने सो सडक आसपासका बासिन्दाले धुलाको कारण स्वास्थ्यमा प्रतिकुल असर पु¥याएको बताएका छन् ।

उनीहरुले धुलोले घर सेताम्मे भएको, खानपिनमा समस्या भएको, बालीनाली बिग्रेको नगरपालिकालाई जानकारी दिँदै तत्काल समाधान खोजिदिन आग्रह गरेका छन् । दैनिक जीवन नै कष्टकर भएको बताउँदै स्थानीय अगुवा कमला राईले नागरिकको स्वास्थ्यमा सरोकारवाला सचेत बन्नुपर्ने बताएकी छन् । उनले स्थानीयबासीको समस्या समाधान गरिदिन आग्रह गरेकी छन् ।

बाटो अवरोध भएपछि अहिले नगरपालिकामा स्थानीयवासी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधि बिच छलफल चलिरहेको छ । छलफलबाट समस्या समाधानको लागि आवश्यक सहमति भए अवरोध हटाउने स्थानीयको भनाई छ ।

प्रकाशित मिति : कार्तिक १, २०७६ शुक्रबार  १ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]