बैशाख २१, २०८१ शुक्रबार

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ ।

आजका लागि बजारमा छापावाल सुनको खरिद बिक्री मूल्य एक लाख ७ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख ७ हजार रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ तोकिएको छ ।

बुधबार एक लाख ६ हजार ३ सय रुपैयाँमा छापावाल, एक लाख ५ हजार ८ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै चाँदी १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो । यस अघि १२ पुसमा सुनको मूल्य यस अघिकै उच्च रेकर्ड एक लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार  १२ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]