जेष्ठ २, २०८१ बुधबार

यो सरकार संकटमा पर्दैनः अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार सङ्कटमा नपर्ने बताउनुभएको छ ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीले गरेको प्रश्नको जवाफ दिँदै भन्नुभयो, ‘यो सरकार सङ्कटमा पर्छ जस्तो मलाई लाग्दैन।’

यद्यपि उहाँले लोकतन्त्रविरुद्ध षडयन्त्र भइरहेको भन्दै त्यसका कारण केही अस्थिरता देखिएको बताउनुभयो ।उहाँले आफूले निर्वाचन लगत्तै पनि नेपाल अस्थिरतामा जाँदैछ भनेको स्मरण गर्दै जवजव डेमोक्रेसीको कुरा हुन्छ तबतब अस्थिरता भोगिरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले शासन प्रणालीलाई कस्तो प्रणालीबाट लैजाने भन्ने प्रमुख प्रश्न रहेको र लोकतन्त्र प्रमुख भएकाले यसलाई कसरी संस्थागत गर्ने भन्नेमा सबैको ध्यान जानुपर्ने पनि बताउनुभयो ।

अध्यक्ष ओलीले संविधान संशोधन हुनै नसक्ने कुरा नभए पनि अहिले नै संविधान संशोधनको चर्चा गर्ने बेला नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तर अहिले संविधान संशोधनको चर्चा गर्ने बेला होइन, भरखर चुनाव भएको छ र नयाँ सरकार बनेको छ । लोकतन्त्रविरुद्ध अझै पनि भद्दा षडयन्त्र भइरहेको छ।’

कांग्रेसले राजनीतिक संस्कार र स्तर नराखेको भन्दै उहाँले कांग्रेसले राष्ट्रपतिको उम्मेदवार दिन्छु भन्नुलाई अनौठो रुपमा लिन नपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले माओवादीले भनेको राष्ट्रिय सहमति यही समिकरणमा कांग्रेसले समर्थन गर्नलाई भनिएको बताउनुभयो । राष्ट्रपतिका सवालमा कांग्रेससँग प्रधानमन्त्री लचक बन्नुभएको हो ? भन्ने प्रश्नमा ओलीले भन्नुभयो, ‘कांग्रेस नेताहरुले त्यसो भनेको सुन्छु तर मलाई त्यस्तो लाग्दैन ।’

उहाँले सत्ता गठबन्धनमा कुनै खटपट नभएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘सत्तागठबन्धनमा कुनै खटपट छैन । मध्यवधि निर्वाचन अव पूरै पाँचवर्षपछि हुन्छ ।’ उहाँले पूर्व सहमति अनुसार रास्वपाले उपप्रधान र गृहमन्त्रीमा दावी गर्नु स्वभाविक भएको प्रतिकृया दिनुभयो ।

प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार  १ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]