बैशाख १४, २०८१ शुक्रबार

आँखाका बिरामीका लागि एनएमसीको नयाँ अभियान

काँकरभिट्टा । झापाको मेचीनगर–६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको देशकै अग्रणी सहकारी नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले आँखाका बिरामीका लागि नयाँ अभियानको सुरुवात गरेको छ ।

काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोगमा संस्थाले आफ्ना सदस्य तथा गैर सदस्यका लागि माघ १४ गते शिवगञ्जमा आँखा शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा ३७० जना आँखाका बिरामीले निःशुल्क आँखा जाँच गराएका थिए । जसमध्ये मोतियाबिन्दुको शल्यव्रिmयाका लागि ६६ र आँखा सम्बन्धी अन्य समस्याका २६ जना बिरामीको उक्त शिविरमा पहिचान भएको थियो ।

काँकरभिट्टा आई केयर सेन्टरका व्यवस्थापक योगेन्द्रजित शाहीका अनुसार निःशुल्क आँखा शिविरबाट पहिचान भएका बिरामीमध्ये बुधबार २५ जना र बिहीबार ११ जनाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ भने मोतिबिन्दुको शल्यव्रिmया गर्न बाँकी रहेका बिमारीहरुको शल्यव्रिmया व्रmमशः गरिनेछ ।

एनएमसीको विषयगत उपसमिति स्वास्थ्य उपसमितिले विगत वर्षहरूमा समेत आँखाका बिरामीका लागि यसप्रकारको शिविर र शल्यक्रियाको व्यवस्था मिलाउँदै आएको थियो । ‘विगतमा सकारात्मक प्रतिक्रिया रहेको संस्थाको अभियानलाई कोभिड अवधिमा भने स्थगित गर्नु प¥यो, अहिले आएर संस्थाले यो अभियानलाई एकपटक फेरी सुरु गरेको छ’–उपसमिति संयोजक दिलिप सुवेदीले भने ।

शिविरमा मोतीबिन्दुको समस्या पहिचान भई बिहीबार काँकरभिट्टा आई केयर सेन्टरमा निःशुल्क शल्यक्रिया गर्न आइपुगेका एक बिमारीले हर्षका आँसु खसाल्दै एनएमसी तथा आँखा अस्पताललाई धन्यवाद दिए । ‘अस्पतालमा रुपियाँ तिर्नु परेको भए ८–१० हजार खर्च हुने रैछ, आफू गरिब अन्धो भएर मरिन्छ भन्ने लागेको थियो, एनएमसीले संसार देख्न मद्दत ग¥यो’–उनले भने ।

आर्थिक वर्ष २०७९÷८० मा एनएमसीले आँखा शिविर गरेको यो पहिलो पटक हो । यस आर्थिक वर्षमा एनएमसी र काँकरभिट्टा आई केयर सेन्टरको संयुक्त अभियानमा झापाको विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सम्पन्न गरी मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गर्ने संस्थाको अभियान रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।

प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार  ६ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]