बैशाख १४, २०८१ शुक्रबार

झापा कारागारमा खचाखच : लागुऔषध मुद्धाका कैदी र थुनुवा अत्याधिक

गगन ढकाल

झापा । झापामा लागुऔषधको प्रकोप बढेर गएको छ । लागुऔषधको नियन्त्रणका लागि क्रियाशिल निकायहरुको तथ्याङकले जिल्लामा प्रकोप बढेको स्पष्ट छ ।

लागुऔषधको प्रयोगमा मुद्दा परेर पक्राउ परेका कैदी तथा थुनुवाको संख्या पनि ५ सय ८१ जना पुगेको छ । यो तथ्यांक अन्य अपराधको तुलनामा सबैभन्दा बढी रहेको झापा जिल्ला कारागारको तथ्यांकमा उल्लेख छ ।

जिल्ला कारागारको तथ्यांक अनुसार झापा कारागारमा हाल कैदी र थुनुवा बन्दी गरेर जम्मा १४ सय ८४ जना रहेका छन् । जसमध्ये १४ सय छ जना पुरुष, ७७ जना महिला र १ जना नाबालक रहेको छ । उनीहरु मध्ये सात सय ९० जना थुनुवा बन्दी हुन् भने बाँकी रहेका छ सय ९४ जना कैदी हुन् ।

कुल कैदी र थुनुवा मध्ये पाँच सय ८१ जनालाई लागु औषधको मुद्दामा नियन्त्रणमा लिएको जिल्ला कारागारका जेलर मोहनलाल पनेरुले जानकारी दिए । त्यसै गरी दोस्रो धैरै पक्राउ पर्ने मुद्दामा जबरजस्ती करणीको मुद्दा रहेको छ । जबरजस्ती करणीको मुद्दाका तीन सय ७५ जना कारागारमा रहेका छन् । त्यस पश्चात तेस्रो नम्बरमा कर्तब्य ज्यानको मुद्दामा पक्राउ परेका एक सय १३ जना कैदी र थुनुवाहरु रहेका छन् ।

जिल्ला कारागार झापामा आउँनेको क्रम ज्याँदा छ । तर छुट्नेको संख्या कम रहेको जेलर मोहनलाल पनेरु बताउँछन् । उनी भन्छन् ‘एक वर्षमा औसत दुई सयदेखि तीन सय मानिस कारागारमा थपिन्छन् तर यहाँबाट छुट्नेको सख्या भने न्यून रहेको छ ।’ उनी भन्छन् ‘कारागारमा राम्रो बसोबासको व्यवस्थापन गर्न हरेक वर्ष एउटा संरचना बनाउन आवश्यक छ । तर त्यो किसिमको व्यवस्थापन हुन सकिरहेको छैन । बरु भएकै संरचनालाई व्यवस्थित गर्न यो साल करीब चार लाख रकम छुट्टिएको छ ।’

झापा कारागारको मुख्य समस्याको रुपमा ढलको समस्या रहेको जेलर पनेरुले बताए । उनी भन्छन् ‘यती धेरै कैदीहरुको मल मुत्र धेरै हुन्छ । तर चर्पीको ट्याङ्की सानो छ । यसले गर्दा कारागार र स्थानीय बीचको पनि सम्बन्ध बिग्रिएको छ ।’

जिल्ला कारागार भित्र आवश्यकता अनुसार सीपमुलक तालिमहरु प्रदान गर्ने गरिएको छ । हाल कारागारमा मुढा बुन्ने, फर्निचरको सामाहरुको निमार्ण, हस्तकलाको निमार्ण र सैलुन लगायतको व्यवसायहरु कैदीहरुले सञ्चालन गरी रहेको जेलरले बताएका छन् ।

जेलर पनेरु झापा जिल्ला कारागारमा भारतीय र नेपाली मुलका भुटानीहरु पनि रहेको बताउँछन् । उनी भनछन् ‘कारागारमा ७९ जना भारतीय र ३२ जना नेपाली मुलका भुटानी नागरिकहरु पनि रहेका छन् ।’

 

प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार  १२ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]