बैशाख ७, २०८१ शुक्रबार

‘बाआमाको भत्ता उहाँहरुकै हातमा’

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–४ ले वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता घर घरमै पु¥याउने गरेको छ । “बाआमाको भत्ता बाआमाकै हातमा” नारा अघि सारेको सो वडाले वडाले ३० असक्त वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता घर–घरमै उपलब्ध गराउँदै आएको छ ।

अर्धवार्षिक समीक्षा कार्यक्रममार्फत चालु अर्थिक वर्ष २०७९÷८० को ८० प्रतिशत काम सम्झौता सम्पन्न भएको वडाध्यक्ष लोककिरण न्यौपानेले बताउनुभयो । पचास प्रतिशत काम सम्पन्न भएको, ३० प्रतिशत काम सञ्चालन र २० प्रतिशत सम्झौता हुन बाँकी रहेको उहाँको भनाइ थियो ।

वडाले अर्धवार्षिक समीक्षा कार्यक्रममार्फत ‘विपन्नलाई बीमा, छैन कुनै सीमा’ नाराअन्तर्गत १०० विपन्न परिवारको स्वास्थ बीमा गरेको छ । त्यस्तै ‘किसानको आधार, वडाको भर” अन्तर्गत आठ सय किसानलाई बीउबिजन वितरण गरेको छ । वडाले बाली विज्ञानमा दुई विद्यार्थीलाई पूर्ण छात्रवृत्ति र एक विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको जनाएको छ । वडाले स्मार्ट विद्यालय कार्यक्रमअन्तर्गत चार सामुदायिक विद्यालयलाई हाजिर मेसिनसमेत वितरण गरेको छ ।

उक्त वडाले नगरबाट विनियोजित रु १० लाखको मर्मतकार्य सम्पन्न गरेको छ भने प्रदेश सरकारको रु एक करोडको लागतमा सामुदायिक भवन निर्माण कार्य हाल जारी छ । यस्तै वडाका ३४ स्थानमा सडक बत्ती जडान गरिएको वडाध्यक्ष न्यौपाने जानकारी दिनुभयो ।

प्रकाशित मिति : माघ २१, २०७९ शनिबार  ५ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]