बैशाख ७, २०८१ शुक्रबार

लोकतान्त्रिक अभ्यास गरौँ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परिपूर्ण लोकतन्त्रको अभ्यास गर्न सबै राजनीतिक दललाई आह्वान गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले सधैँ र जस्तोसुकै विधि अपनाएर सत्तामा पुग्ने खेलले लोकतन्त्रलाई सुदृढ तुल्याउन नसक्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘सत्ताका लागि नभइ सुशासन, भ्रष्टचार न्यूनीकरणका लागि साझा सहमति कायम गर्न सकिन्छ ।’

बहस र तर्कले जनताको पेट नभरिने र उद्योग पनि नफस्टाउने भन्दै उहाँले प्रश्न गर्नुभयो, ‘कहिले देश र जनताप्रति इमान्दार भएर राजनीति गर्ने ?’ बदलिँदो अवस्थामा राजनीतिक दल र सरकार नयाँ ढङ्गले अघि बढनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले राजनीति स्थिर भएन भने नागरिक र लोकतन्त्रमा असरपर्ने धारणा राख्नुभयो ।

वर्तमान सरकारलाई आफूहरुले पूर्ण र रचनात्मक सहयोग गर्ने उल्लेख गर्दै उहाँले राजनीतिक स्थायित्वका लागि अपिल गर्नुभयो । अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले देशको विकास र समृद्धिमा खेलेको भूमिका र प्राप्त उपलब्धिबारे जानकारी गराउँदै कमजोर बन्दै गएको आर्थिक अवस्था उकास्न गठबन्धनको सरकारले भूमिका खेल्ने बताउनुभयो ।

‘वर्तमान सरकारले अर्थतन्त्रलाई तत्काल सही दिशामा अघि बढाउँछ । अर्थतन्त्रको समस्या, स्टे«स र अर्थतन्त्रमाथिको दबाबलाई सम्बोधन गर्न कदम चाल्न सुरु भइसकेको छ,’ उहाँले भन्नुभयो।अध्यक्ष ओलीले आगामी १० वर्षमा समृद्ध नेपाल सुखी नेपालीको माध्यमबाट विकसित मुलुकको सूचीमा स्तरोन्नति गर्ने दाबी गर्नुभयो ।

यसअघि अध्यक्ष ओलीले गठबन्धनको सरकारको साझा न्यूनतम कार्यक्रमबारे चर्चा गरिरहँदा नेपाली कांगे्रसका सांसद रामहरि खतिवडाले संसद्मा प्रवेशनै नपाएको कार्यक्रमबारे बैठकमा भनाइ राख्न नमिल्ने भनि आपत्ति जनाउनुभएको थियो ।

प्रकाशित मिति : माघ २२, २०७९ आईतबार  ३ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]