बैशाख ७, २०८१ शुक्रबार

स्वास्थ्य मन्त्री गिरीद्वारा बिर्तामोड नगर अस्पताल अवलोकन

बिर्तामोड । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बिर्तामोडको नगर अस्पतालको अवलोकन गरेका छन् । आज विहान नगर प्रमुख पवित्रा महातारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला सहितको टोलीले मन्त्री गिरीलाई अस्पताल अवलोकन गराएका हुन् ।

नगर अस्पतालको दीर्घकालिन विकास, जनशक्ति व्यवस्थापन र आवश्यक स्वास्थ्य उपकरणका बारेमा नगर प्रमुख प्रसाईले जानकारी गराएकी छन् । उनका अनुसार मन्त्री गिरीलाई नगर अस्पतालको अवलोकन गराउँदै माग पत्र समेत हस्तान्तरण गरिएको छ ।

मन्त्री गिरीले नगर अस्पतालको अवलोकनपछि अस्पतालमा देखिएको जनशक्ति अभाव र उपकरणहरुको व्यवस्थापनमा मन्त्रालयले आवश्यक व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बिर्तामोडका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानले मन्त्री गिरीलाई १ जना एमडी सहित ४ जना जनशक्ति थप गर्नुपर्ने बताउँदै नगरले खरिद गर्न नसक्ने उपकरण खरिदमा सहयोग गर्न माग गरिएको बताए । उनले वडा निर्माण गरिने आधारभुत स्वास्थ्य केन्द्रहरुको संरचना निर्माण र जनशक्ति व्यवस्थापनमा समेत ध्यानाकर्षण गराइएको जानकारी दिए ।

प्रकाशित मिति : माघ २३, २०७९ सोमबार  १० : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]