बैशाख ७, २०८१ शुक्रबार

एसपाको राष्ट्रिय महाधिवेशन २०८० सालको फागुनमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले महाधिवेशनको मिति तय गरेकोे पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

यसैगरी आइतबारको बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी २०८० साल फागुनभित्रमा राष्ट्रिय महाधिवेशन गर्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय भएको छ, सोहीअनुसार अगाडि बढ्छौँ ।”

प्रकाशित मिति : माघ २३, २०७९ सोमबार  ११ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]