बैशाख ४, २०८१ मंगलबार

पत्रकार खरेलसहित साहित्यकार सम्मानित

सुरुङ्गा । कनकाई नगरपालिका क्षेत्रका एक पत्रकार र साहित्यकार सम्मानित भएका छन् । कनकाई सुरुङ्गा प्रेस क्लवको पाँचौ बार्षिकउत्सवको अवसर पारेर आज सुरुङ्गाको एसपी क्याफेमा आयोजित कार्यक्रममा पत्रकार तीर्थराज खरेल र साहित्यकार गोविन्दप्रसाद घिमिरेलाई नगद ८ हजार एक सयसहित सम्मान गरिएको हो ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सम्मानितद्धयलाई सम्मान गरेका छन् । पोखरेलले समाज रुपान्तरणमा साहित्य र पत्रकारिताको समान भुमिका रहेको भन्दै दुबैको स्तरवृद्धिमा स्थानीय सरकारले समेत सहयोग गर्ने बताए । कार्यक्रममा प्रमुख अतिथि पोखरेल, सम्मानित व्याक्तित्वद्धय तीर्थराज खरेल र गोविन्दप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघका सचिव सन्तोस आचार्य , कनकाई नगरपालिका वार्ड नम्बर ४ का वडाध्यक्ष तथा कनकाई नगरपालिकाका प्रवक्ता गोविन्दप्रसाद पौड्याल , कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली , जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसारका अध्यक्ष ख्यामप्रसाद सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्मानित व्यक्तित्व तीर्थराज खरेलका बारेमा पत्रकार लीलाराज झापाली तथा गोविन्दप्रसाद घिमिरेको बारेमा डिल्लीराम घोर्साईले परिचय गराएका थिए । सोहि अवसरमा पत्रकार राम निरौलाद्धारा सम्पादित कनकाई खबर साप्ताहिक एक बर्ष पुगेको अवसरमा प्रकाशित बार्षिक पत्रिकाको पत्रकार तीर्थ सिग्देलद्धारा समिक्षा समेत गरिएको थियो । कार्यक्रम क्लवका अध्यक्ष रामप्रसाद निरौलाको सभापतित्व सम्पन्न भएको हो ।

प्रकाशित मिति : कार्तिक २, २०७६ शनिबार  ४ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]