बैशाख १३, २०८१ बिहीबार

अर्जुनधाराधाममा १०८ शिवलिङ्ग अनावरणको तयारी

इन्द्रकुमार राई

अर्जुनधारा । अर्जुनधारा जलेश्वरधाम परिसरमा निर्मित १०८ शिवलिङ्ग अनावरणको तयारी गरिएको छ । धामले शिवलिङ्ग अनावरण तथा पार्वती मन्दिरको समुदघाटन आगामी फागुन ६ गते महाशिवरात्री पर्वका दिन गर्ने भएको हो ।

धामले महाशिवरात्री पर्वको अवसरमा फागुन १ गतेदेखि ६ गते सम्म धार्मिक विविध कार्यक्रमका साथ शिवलिङ्ग अनावरण तथा पार्वती मन्दिरको समुदघाटन गर्न लागेको हो । विर्तामोड निवासी दाताद्वय कमल बस्नेत र झुमा बस्नेतको लगानीमा निर्माण गरिएको १०८ शिवलिङ्ग सहित पार्वती मन्दिर महाशिरात्री पर्वकै दिन दाताबाट धामलाई हस्तान्तरण गरिने समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए ।

फागुन १ गतेदेखि शुरु भई ६ गते समापन हुने धार्मिक अनुष्ठान दैनिक हवन ,रुद्राभिषेक ,प्राण प्रतिष्ठा , दैनिक गंगा आरती एवं समुदघाटन कार्यक्रमका प्रमुख अतिथि भारत हिमाचल प्रदेश केदारनाथ धामका आदीदेव बाबा बर्फानीजी रहने जलेश्वरधाम कार्यसमितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए । गट्टानीका अनुसार धामका ब्यासाचार्य कुवेर सुवेदी तथा मुख्य पुजारी अग्निप्रसाद सिग्देलको प्रमुख आचार्यत्वमा संस्कृत वेद बिद्यापीठ (गुरुकुल) का विशिष्ट ११ जना शिक्षक र विद्यार्थीहरु सहित फागुन १ गते सोमबारका दिन धामबाट पवित्र कन्काइमाई गई १०८ घडामा जल लिएर कलशयात्रा तथा मण्डव पूजन, २ गते देखि दैनिक प्राण प्रतिष्ठाका साथ रुद्राभिषेक, सप्तशती र वेद पाठ ,२ गते देखि ६ गतेसम्म साँझ ६ ः३० बजे देखि दैनिक गंगा आरती , दैनिक ७ ; ३० बजे देखि बेलुकी ९ः३० बजे सम्म भजन –किर्तन ,दैनिक महाराजजी दर्शन भेट र आशिर्वाद प्रवचन ,६ गते दिउँसो १ः३० बजे मन्दिर समुदघाटन तथा सम्मान कार्यक्रम, रात्री चारप्रहर पूजा एवं ख्याती प्राप्त कलाकारहरुबाट एक साँझ शिवको माझ विशेष भजन सन्ध्या गरिनेछ ।

शिवलिङ्ग अनावरण तथा पार्वती मन्दिर समुदघाटन प्रमुख अतिथि बाबा बर्फानीजीको बाहुलीबाट हुने बताइएको छ । धाममा महाशिवरात्री पर्वका दिन उल्लेखनीय भक्तजनहरुको उपस्थिति रहने धामका महासचिव शिवलाल खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : माघ २५, २०७९ बुधबार  ९ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]