जेष्ठ ५, २०८१ शनिबार

हल्दिवारीलाई माछामा आत्मनिर्भर बनाउने शैलेन्द्रको संकल्प

बिर्तामोड । ‘हल्दिवारीको बाचा, झापाभरी माछा’ उद्घोष गरेको हल्दिवारीमा माछा पालनप्रति आकर्षण बढ्दै गएको छ । माछामा आत्मनिर्भर बन्ने योजना बनाएको सो स्थानीय तहका युवा पनि माछा पालनमा आकर्षित भएका छन् ।

वैदेशिक रोजगारमा गएका स्थानीय शैलेन्द्र सिटौला पनि स्वदेश फर्किएर माछा नै पालिरहेका छन् । हल्दिवारी–४ का सिटौलाले तिन विगाह क्षेत्रमा ५ वटा पोखरीमा माछा पालन गर्दै आएको बताए । ०७४ सालदेखि माछा पालन गरेका उनको पोखरीमा अहिले ७८ हजार भुरा छन् भने विक्रिको तयारीमा करिव ४० हजार माछा हुर्किदैछन् ।

रोजगारीमा गएका सिटौला स्वदेश मै आत्मनिर्भर बन्ने सपना बोकेर फर्किएको बताउँछन् । माछा पालनमा मनग्ये आम्दानी गरिरहेका उनले स्थानीय जातको लोकल कुखुराको व्यवसायिक उत्पादन पनि गरिरहेका छन् । भारतको कलकत्ताबाट भुरा ल्याएर घर नजिकै पोखरीमा हुर्काएको माछा जिल्लाकै बजारमा खपत भइरहेको छ ।

माछा पालन अझै बढाउने योजनामा रहेका सिटौला आफ्नो स्थानीय तहलाई माछा आयात नगर्ने गरी उत्पादन गर्ने सोचमा छन् । सिटौलाले भने, मेरो सपना हल्दिवारीलाई माछामा आत्मनिर्भर बनाउनु छ । भारतले नाकावन्दी गरेपछिको नेपाली समाजको संकटलाई राम्रो अध्ययन गरेका उनले त्यसैको इखले पनि आफु कृषि क्षेत्रमा लागेको सुनाए ।

शनिवार बिहानै माछालाई दाना हाल्दै गर्दा भेटिएका उनले कृषिलाई हेर्ने दृष्टि परिवर्तन गर्ने अठोट राखेको बताए । ३० वर्षीय सिटौलाले ४० लाख लगानीबाट थालेको माछा पालनमा आफु सन्तुष्ट रहेको बताएका छन् । उनले भने, आफ्नै देशमा केहि योगदान गरौं, संभावना नेपाल मै छ । विज्ञान विषय अध्ययन गरेका सिटौलाको राष्ट्रसेवक बन्ने धोको थियो ।

‘यसरी पनि राष्ट्रलाई सहयोग पु¥याउन सकिने रहेछ ’ उनी भन्छन् । उनको पोखरीमा हाल पंगास, मागुर र कार प्रजातिको माछा छ । अमरेन्द्र कृषि फर्म दर्ता गरी माछा, कुखुरा पालन गरिरहेका उनले भविष्यमा पशुपालन गर्ने जानकारी दिए । माछा र कुखुरा उत्पादनमा एक्लै खटिरहेका उनले अहिलेसम्म राज्यपक्षबाट कुनै अनुदान समेत नलिएको बताए । गाउँपालिकाको तथ्याङक अनुसार हल्दिवारीभित्र ४८ विगाह क्षेत्रमा माछा पालन भइरहेको छ ।

प्रकाशित मिति : कार्तिक ३, २०७६ आईतबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]