बैशाख १३, २०८१ बिहीबार

क्यूपेक अर्जुनधाराको अध्यक्षमा लोकनाथ सर्वसम्मत

इन्द्रकुमार राई

शनिश्चरे । नेपाल बिजुली ,पेन्टर ,प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) अर्जुनधारा नगर कमिटीको अध्यक्ष पदमा लोकनाथ दुलाल सर्वसम्मत चयन भएका छन् ।

क्यूपेक नेपालद्वारा आइतबार अर्जुनधारा नगरपालिका – ८ शनिश्चरे बजारस्थित सामुदायिक भवनमा आयोजित पाँचौ नगरअधिवेशनबाट दुलाल सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट नयाँ कमिटीको उपाध्यक्षमा लक्ष्मण दनुवार , सचिवमा विपिन महत्तो, सहसचिवमा राम बानियाँ र कोषाध्यक्षमा धिरेन राजवंशी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा सुनिता मण्डल ,राधा गुरुङ ,राजेन्द्र महत्तो , टंक प्रसाद घिमिरे र टोल बहादुर गुरुङलाई चयन गरिएको निर्वाचन समिति संयोजक देवकुमार राईले जानकारी दिए । कमिटीको कार्यकाल २ बर्षे रहने सल्लाहकार संयोजकमा कृष्णबहादुर बस्नेत र सदस्यमा तिलबहादुर तामाङ चयनलाई चयन गरिएको छ ।

क्यूपेक नेपाल केन्द्रीय कमिटीका उपाध्यक्ष एवं नेकपा एमाले प्रदेश नम्बर –१ का सदस्य अम्विर कुमार लिङदेनले दिप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गरेका थिए । क्यूपेक अर्जुनधारा नगर कमिटीका अध्यक्ष कृष्ण बहादुर बस्नेतको सभापतित्व र जिल्ला कमिटीका सचिव तिरानन्द गिरीको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथि लिङदेनले शुभकामना मन्तव्य राख्दै मान्छेहरु भन्छन् – युनियन मजदुरहरु संगठन हो । किन लाग्नु युनियनमा, के पाइन्छ संगठनमा , केका लागि युनियन ? हामीहरु त्यसै यो संगठन लागेका होइनौं । मजदुरहरुको हक–अधिकार सुनिश्चित गराउन लागेका हौं । श्रमिकहरुको हक अधिकार दिलाउनका लागि तपाईहरुले मलाई चुनेर उपाध्यक्ष बनाउनु भएको हो । उनले भने श्रमिकहरु आपत –विपद पर्दा संगठन चाहिन्छ । क्यूपेक ६६ वटा जिल्लामा रहेको बताए । यो युनियन साधारण खालको नभएर विश्वको एक संगठन हो । यस संगठनले विश्वभर सक्रिय भई काम गरिरहेको छ ।

झापा क्यूपेकले श्रमिकहरुको हितका लागि साइड बीमा कार्यक्रम सञ्चालन गरिरहेको अवगत गराउँदै कार्यरत मजदुरहरुले ५ हजार रुपैयाँ तिरेर साइड वीमा गराई सुरक्षित रहन आग्रह गरे । बीमाले ठेकेदार मात्र सुरक्षित नभई मजदुरहरु सुरक्षित हुने बताए । लिङदेनले फागुन मसान्तसम्ममा संगठनका सदस्यता नभएकाहरुले नयाँ सदस्यता लिन र पुराना सदस्यहरुले नवीकरण गर्न अनुरोध समेत गरे ।

त्यस्तै केन्द्रीय सदस्य तथा झापा, इलाम , पाँचथर , ताप्लेजुङका इन्चार्ज देवकुमार राईले क्यूपेक मजुदर मुखी संगठन भएको बताउँदै आफू यस अर्जुनधारा नगरपालिकाको परिषद भएको हैसियतले मजदुर सम्बन्धी कार्यविधि अन्तर्गत मजदुरहरु घाइते भएमा ७० हजार रुपैयाँ औषधि उपचार गर्ने खर्च र मृत्यु भएमा ७ लाख रुपैयाँ क्षतिपूर्ति पाउने व्यवस्था नगरसभाबाट पास गराएर कार्यान्वयन गर्ने जोड दिए ।

कार्यक्रममा केन्द्रीय सदस्य दुर्गादेवी गुरागाई , शेरबहादुर रोक्का ,पूर्व केन्द्रीय सदस्य रामपारस शाह, क्यूपेक झापाका अध्यक्ष गंगा पासवान ,अर्जुनधारा नगरपालिका – २ का वडा अध्यक्ष नरेन्द्र श्रेष्ठ , ७ का वडा अध्यक्ष गोविन्द प्रसाद खतिवडा ,नेपाल ट्रेड युनियन महासंघ अर्जुनधाराका अध्यक्ष शंकर भण्डारी ,अखिल नेपाल मजदुर संघका अध्यक्ष शम्भु हेमरम ,क्यूपेक मेची नगर कमिटीका अध्यक्ष दिनेश गिरी , लोकनाथ दुलाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा क्यूपेक संगठन सहयोग पु¥याउने मुना काफ्लेलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।

प्रकाशित मिति : फाल्गुन १, २०७९ सोमबार  ९ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]