बैशाख १३, २०८१ बिहीबार

दुई स्थानीय तहलाई सहारा नेपालले एम्बुलेन्स दिने

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. चारपानेले आफ्नो कार्यक्षेत्रभित्रका दुई स्थानीय निकायहरुलाई एम्बुलेन्स सहयोग गर्ने भएको छ ।

संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत पाचँथरको कुम्मायक गाँउपालिका र उदयपुरको चौगण्डीगढी नगरपालिकालाई एक–एक थान एम्बुलेन्स अनुदानमा सहयोग गर्ने भएको हो । आइतबार कुम्मायक गाउँपालिका पाचँथरको सभाहलमा आयोजित कार्यक्रममा सहारा नेपाल साकोसका पधादिकारी तथा गाउँपालिका विच सहारा नेपाल साकोसले एम्बुलेन्स सहयोग गर्ने बारे पहिलो चरणको छलफल भएको हो ।

सहारा नेपाल साकोसको तर्फबाट संचालक समिति सदस्य शुक्रबहादुर तामाङ, शंकर रिजाल,नरहरी न्यौपाने,उपनिर्देशक लक्ष्मण खतिवडा, इलाम अनुगमन अधिकृत तोयानाथ आचार्य, यासोक सेवा केन्द्र प्रमुख मदन कुमार श्रेष्ठ, कर्मचारी मुकुन्द उप्रेती तथा कुम्मायक गाउँ पालिकाकाको तर्फबाट उपप्रमुख सीता आचार्य, प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भट्टराई , स्वास्थ्य चौकी प्रमुख केदार खड्का, नेपाल रेडक्रस सोसाइटी कुम्मायक सभापती गजेन्द्र आचार्य लगायतका पदाधिकारी विच छलफल भएको छ ।

सहारा नेपाल साकोसले आफ्ना कार्यक्षेत्र भित्रका स्थानीय तहहरुमध्ये यस पटक अन्य तिर भन्दा विकटमा आफ्नो सेवाकेन्द्र रहेको पाचँथरको कुम्मायक गाउँपालिका र उदयपुरको चौगण्डीगढी नगरपालिकालाई छनोट गरी एम्बुलेन्स सहयोग गर्ने निणर्य गरेको संस्थाका उपनिर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए ।

संस्थाका संचालक समिति सदस्य संकर रिजालका अनुसार सहारा नेपालले दूवै स्थानीय तहहरुलाई आवश्यक प्रकृया पुरा गरी एक कार्यक्रमका विच एम्बुलेन्स हस्तान्तरण गर्ने बताए । सहारा नेपाल र कुम्मायक गाउँपालिकाविच आगामी दिनमा वुवा स्वरोजगार, कृषि, क्षमता विकास लगायलको क्षेत्रमा सहकार्य गरी गरिव तथा विपन्न वर्गको हितका योजना बनाउदै अघि बढ्ने सहारा नेपालको लक्ष्य रहेको छ ।

सहाराले आफ्नो गाउँपालिकालाई एम्बुलेन्स जस्तो मानवीय सेवाको अति आवश्यक साधन अनुदान सहयोग गर्ने निर्णयको सिङगो गाउँपालिकानै खुशी भएको गाउँपालिका उपाध्यक्ष सीता आचार्यले बताइन् । एम्बुलेन्स सहयोगले कुम्मायका जनतालाई सहारा नेपालको सहारा पाएको बताउँदै सहाराले दिएको एम्बुलेन्सलाई पालिकाको मातहतमा राखेर अधिकतम सदुपयोग गर्ने बताएकी छन् ।

प्रकाशित मिति : कार्तिक ४, २०७६ सोमबार  ११ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]