अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित
बिर्तामोड । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।
अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार मतदान गरिएको थियो।
गए राति मतगणना गरिएकोमा अध्यक्षमा बडाल विजयी भएको नेता सन्तोष राना क्षेत्रीले जानकारी दिए।

बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन्। उनी काभ्रेको रोसी गाउँपालिका ९ का हुन्। बडालले अध्यक्षमा आरसी लामिछानेलाई हराएका हुन्।
उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन्।
नरेश रोकाया महासचिव निर्वाचित भएका छन्। सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, मनोज ताम्ली ,आरती भट्टराई र वितिता काफ्ले निर्वाचित भएका छन्।
यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन्।अधिवेशनमा एक हजार पाँच सय १७ जनाले मतदान गरेका थिए।