जेष्ठ ६, २०८१ आईतबार

बुधबारे हटियाका घर, टहरा खाली गरिदिऊ

सम्पादकीय
झापाका पुराना बजारहरु विस्तारै रुप बदलिदैछन् । झापाको झापा बजार सबैभन्दा पुरानो बजारमध्येको एक हो । घैलाडुब्बा, खुदुनाबारी, शिवगञ्ज बजारले रुप बदलेका छन् । विकासका कारण बजारको स्वरुप बदलिएका हुन् । तर, सहजै बजारका स्वरुपहरु बदलिएका छैनन् । बजार विकासको निमित्त राज्यपक्षबाट भएका प्रयासमा सधैं समस्या आउने गरेको छ । जहाँ स्वार्थ केन्द्रहरुको स्वार्थ बाझिन्छ, त्यस ठाउँहरुमा बजारको विकासमा अवरोध पुग्ने गरेको छ । विगतको शनिश्चरे बजार र अहिलेको शनिश्चरे बजारमा धेरै परिवर्तन आएको छ । बजार विकासमा स्थानीय तहहरुले गरेको अधिकांश काममा प्रायःसमस्या आउने गरेको छ । त्यसको मुख्य कारण भनेको विकासको अवरोध नै हो । विकास विरोधीहरुले अवरोध खडा गर्ने गरेका छन् ।

बिर्तामोड नगरपालिकाले भर्खरै देवी हाट अर्थात कृषिथोक बजार उत्तर भागमा रहेको बुधबारे हटियाको घर, टहरा खाली गर्न ३५ दिने सूचना प्रकाशन गरेको छ । त्यो सूचना अनुसार घर, टहरा खाली गर्नुपर्छ । वर्षौ पुरानो बुधबारे हटियामा पार्किङसहितको बहुतले व्यापारीक भवन निर्माणको काम शुरु हुदैछ । बिर्तामोडको गौरवको योजना अन्तर्गत बजारको भवन बन्दैछ । त्यसका लागि डीपीआरको तयारी गरिएको छ । बजार व्यवस्थित मात्र होइन, बिर्तामोडको विकाससँग बुधबारे हटिया जोडिएको छ । त्यसलाई सफल बनाउन व्यवसायीहरुले सहयोग गर्नुपर्छ । सहयोगले मात्रै बजारलाई नयाँ स्वरुपको बनाउन सकिनेछ ।

बजारलाई विकास गर्ने र नगर्ने मुल दायित्व भनेको व्यापारीको हातमा हुनेछ । अहिले करिव ७० वटा पसल सञ्चालनमा रहेको बुधबारे हटियामा आफुखुशी घर, टहरा निर्माण गरेर बसेको भन्ने सूचना पनि छ । नगरको अनुमति विना आफुखुशी बस्नेहरुले तुरुन्त ठाउँ खाली गर्नु उपयुक्त हुनेछ । सम्झौता अनुसार बसेकाहरुलाई पनि नगरले सम्झौतामा नगरले चाहेको समयमा हटाउने समहतिमै राखेको छ । त्यसैले बिर्तामोड नगरपालिकाको योजना सफल बनाउन त्यहाँका व्यवसायीले ३५ दिन अगावै ठाउँ खाली गर्नु उपयुक्त हुन्छ । र, बिर्तामोड नगरपालिकाले भवन निर्माणपछि टेण्डर मार्फत कोठा भाडामा लगाउनुपर्छ । व्यवसायी र नगर दुवैलाई हित हुने गरी बजार निर्माणको कामलाई अघि बढाइयोस् ।

प्रकाशित मिति : फाल्गुन ५, २०७९ शुक्रबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]