जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोड महोत्सव आयोजकले ध्यान दियोस्

सम्पादकीय
व्यापार व्यवसायीलाई उर्जा दिन र हौसला बढाउन शुक्रवारबाट बिर्तामोड अन्तराष्ट्रि औधोगिक महोत्सव शुरु भएको छ । नीजि क्षेत्रमा देखिएको आर्थिक समस्याका कारण समग्र नीजि क्षेत्र उदासिन छ । नीजि क्षेत्रमा देखिएको उदासिनताबाट लगानीकर्ताहरुलाई थोरै हौसला प्रदान गर्न पनि महोत्सव आयोजनाले सहयोग पुग्ने विश्वास गरिएको छ । महोत्सवका तमाम पक्षहरु सकारात्मक छन् । त्यसको अलवा यो वर्षको महोत्सवमा सवारी दुर्घटनाको जोखिम बढाएको छ । विगतको महोत्सव सवारी आवागमनका दृष्टिले सुरक्षित थियो । तर, यस पटकको महोत्सव सवारी आवागमनका दृष्टिले असुरक्षित छ ।

यसअघिको महोत्सव मुख्य सडकभन्दा धेरै टाढा थियो । बिर्तामोडको धर्मकाटादेखि उत्तर महानन्द चोक नजिकै महोत्सवको आयोजना गरिएको थियो । तर, अहिलेको महोत्सव सडकसँगै जोडिएको ठाउँमा आयोजना गरिएको छ । व्यस्त पूर्वपश्चिम राजमार्गसँगै जोडिएको मेलास्थलका कारण दुर्घटनाको जोखिम बढेको छ । शुक्रवार एउटा मालबहाक ट्रकले पानी बोकेको सानो सवारीलाई ठक्कर दिएर भाग्यो । जहाँ आपत आइपरे सुरक्षित हुने ठाउँ पनि छैन । नत, बस विसौनी नै छ । सडकको दक्षिण भागमा पार्किङ मिलाइएको छ । उत्तर भागमा महोत्सव आयोजना गरिएको छ । सवारी पार्किङ गरेर बाटो काटेर मात्रै महोत्सव स्थल जान सकिन्छ ।

सवारी आवागमनका दृष्टिले असुरक्षित हुने ठाउँमा महोत्सव आयोजकले जोखिम कम गर्न उपायहरु अपनाउनुपर्ने देखिन्छ । चारपानेदेखि नै मेला आयोजना भइरहेको जानकारी दिन सोही अनुसारको जनशक्तिको व्यवस्था गर्नुपर्छ । कम्तिमा पाँच सय मिटर वरपर ट्राफिक प्रहरीको प्रत्यक्ष निगरानी हुन आवश्यक छ । महोत्सव आयोजकले आवश्यकताका आधारमा स्वयमसेवकहरुको व्यवस्थापनक गरेर जनधनको क्षति हुनबाट जोगाउनुपर्छ । अझ, आयोजकले संभावित दुर्घटना जोखिम कम गर्दै थप सुरक्षाका लागि सीसी क्यामेराहरुको व्यवस्था मिलाउनुपर्छ । महोत्सवकै कारण बाहिर सडक दुर्घटना भयो भने त्यसको जिम्मेवारी कसले लिन्छ ? त्यसैले बेलेमा सुरक्षा अपनाउन आवश्यक देखिन्छ ।

प्रकाशित मिति : फाल्गुन ६, २०७९ शनिबार  १२ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]