बैशाख १३, २०८१ बिहीबार

स्थापना दिवसमा शैक्षिक सामग्री वितरण

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ स्थित प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाले विद्यार्थीलाई शनिबार शैक्षिक सामग्री वितरण गरेको छ ।

संस्थाले आफ्नो २१ औं बार्षिक उत्सवको अवसरमा निजी तथा सामुदायिक बिद्यालयका ६८ जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । स्थानीय श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा संस्थाद्वारा आयोजित बार्षिक उत्सव कार्यक्रममा दिब्सना काफ्ले , सक्षम सिंह बस्नेत ,काव्या चापागाईं, कृष्टिना कुँवर ,प्रज्ञा बुढाथोकी ,सुप्रीया गिरी, ओसीन लिम्बू, सागर आचार्य ,ग्रीस पौडेल , मेलिसा भुजेल ,लोइस मगर ,जीवन खनाल ,खुस्बु नेपाल ,सुसोभित डाँगी लगायत ६८ जना बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

संस्थाका अध्यक्ष डिल्ली बहादुर घोर्साइँको सभापतित्व तथा व्यवस्थापक तुलसा कुँवरको सञ्चालन रहेको कार्यक्रममा संस्थापक अध्यक्ष दिपेन्द्र काफ्ले , उपाध्यक्ष लेखनाथ पोखरेल ,जनजीविका सहकारी संस्थाका सहसचिव टंक प्रसाद खतिवडा , रञ्जना कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रज्वला अपाङ्ग संस्थाको बार्षिक उत्सव प्रत्येक बर्षको फागुन २ गते भएता पनि यसपाली महाशिवरात्री अवसर पारेर शनिबार स्थापना दिवस मनाएको छ । कार्यक्रममा केक काटेर बिद्यार्थीलाई खुवाइएको थियो । स्थापना दिवसको अवसर संस्थाले हरेक बर्षको फागुन २ गते विविध कार्यक्रम गर्दै आएको व्यवस्थापक कुँवरले जानकारी दिइन् ।

प्रकाशित मिति : फाल्गुन ७, २०७९ आईतबार  ९ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]