बैशाख २६, २०८१ बुधबार

शिवलिङ्ग तथा मन्दिर निर्मातालाई सम्मान

शनिश्चरे । अर्जुनधारा जलेश्वरधामले महाशिवरात्री पर्वको अवसर पारेर १०८ शिवलिङ्ग तथा पार्वती मन्दिर निर्माता विर्तामोड निवासी दाम्पती कमल बस्नेत र झुमा बस्नेतलाई शनिबार सम्मान गरेको छ ।

धामद्वारा आयोजित पार्वती मन्दिर उद्घाटन कार्यक्रममा धामका अध्यक्ष नवीन गट्टानी तथा व्यासाचार्य कुवेर सुवेदीले दाताद्वय कमल र झुमालाई संयुक्त सम्मान –पत्र प्रदान गरेका थिए । कार्यक्रमका प्रमुख आकर्षक भारत हिमाचल प्रदेश केदारनाथ धामका आदीदेव बाबा बर्फानीजीले पार्वती मन्दिर उद्घाटन गरेका थिए ।

कार्यक्रममा धामका व्यासाचार्य सुवेदी, मुख्य पुजारी अग्नि प्रसाद सिग्देल , मुल मन्दिर डिजाइनर शंकर सुवेदी , सहकोषाध्यक्ष दिपक तामाङ, धाम उपाध्यक्ष चन्द्रकला भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

महारात्री पर्वको अवसरमा जलेश्वरधाममा शिवलिङ्गमा बेलपत्र नैवेद –जल चढाउनका लागि विहान ३ बजे देखि नै भक्तजनहरुको घुइँचो लागेको कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए । धाममा आन्तरिक–बाह्यबाट आउने भक्तजनहरुलाई सुरक्षा दिनका लागि सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको थियो ।

सो अवसरमा धामले बेलुकी एक साँझ शिवको माझ अन्तर्गत भजन सन्ध्या कार्यक्रम गरेको छ । देवीभक्त श्रेष्ठको संयोजकत्व रहेको भजन सन्ध्या कार्यक्रममा स्थानीय तथा राष्ट्रियस्तरका भजन गायक कलाकारहरुले आ–आफ्ना भजनहरु प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन ७, २०७९ आईतबार  ९ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]