जेष्ठ ६, २०८१ आईतबार

भद्रपुरमा फुटबल रौनक

सम्पादकीय
झापामा फुटवलको छुट्टै रौनक छ । हुनत, विश्वभर खेलमध्ये फुटवल नै लोकप्रिय पनि छ । झापा फुटबलका लागि धेरै अगाडि छ । प्रतियोगिता आयोजनामा अगाडि भए पनि क्लवहरु बलिया छैनन् । स्थानीय गोल्डकप आयोजना गर्दा पनि बारिहबाट खेलाडी आयात गर्नुपर्ने अवस्था छ । आयोजनाका हिसावले अगाडि रहेको झापा खेलाडी उत्पादनका दृष्टिले पछाडि छ । तथापि, झापामा फुटबल के्रज बढ्दो छ । अहिले भद्रपुरमा गोल्डकप शुरु भएको छ । भद्रपुरमा आयोजना गरिएको गोल्डकपको उद्घाटन हेर्दा झापा फुटबलका लागि हब नै भन्न सकिन्छ ।

स्थानीय तह, स्थानीय व्यवसायीहरुको सहयोग र आयोजक कमिटीको सक्रियता, समन्वयले भद्रपुरमा फुटबलको चाम बढेको छ । गोल्डकप आयोजनामा गरिएको समन्वय पूर्वाग्रहपूर्ण छैन । जिल्लामा अन्य ठाउँमा हुने गोल्डकपहरु खास समन्वय हुदैनन् । जसका कारण सफल बनाउन निकै कठिन हुने गर्छ । सबैले अपनत्व ग्रहण गर्ने गरी आयोजना गरिएको भद्रपुर गोल्डकपले झण्डै दुई दशकपछि फुटबलको तिर्सना मेट्टाउने प्रयास गरेको छ । यो गोल्डकप आयोजना हुनुले त्यहाँको पुरानो विरासत फर्काउने तागत राख्दछ । भव्य रुपमा आयोजना गरिएको गोल्डकप उद्घाटनमा अस्तव्यस्त नै भयो । समयमा खेल शुरु पनि हुन सकेन । त्यै पनि दर्शकको धैर्यता रहिरह्यो ।

सरकारी रंगशाला भएर पनि गौचरणमा परिणत भइसकेको मेची रंगशाला अहिले भव्य बनाइएको छ । रंगशालाको पुर्नउत्थानमा यो गोल्डकपले ठुलो सहयोग गर्नेछ । बिर्तामोडमा मात्र केन्द्रित भइरहेको फुटवल प्रतियोगिता भद्रपुरमा हुँदा त्यसले अझ अर्थपूर्ण बनाएको छ । फुटबल आयोजनाका लागि संरचनाका हिसावले मेची रंगशाला व्यवस्थित देखियो । बिर्तामोडको डोमालाल रंगशालामा हुदै आएको गोल्डकप दर्शकको सुविधाका लागि मेची रंगशाला उचित देखियो । पहिलो गोल्डकप भएकाले भव्य भएको पनि हुन सक्छ । अहिलेको व्यवस्थापनलाई कायम राखेर पारदर्शी बनाउने हो भने नियमित हुने कुरामा शंका गर्नुपदैन । त्यसै अनुरुप आयोजकहरु अघि बढ्न जरुरी छ ।

प्रकाशित मिति : फाल्गुन ८, २०७९ सोमबार  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]