बैशाख १२, २०८१ बुधबार

नवदुर्गा आधारभूत बिद्यालयले ३९ औं बार्षिकोत्सव

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ४ रातेखाल स्थित नवदुर्गा आधारभूत बिद्यालयले आफ्नो ३९ औं बार्षिक उत्सवको अवसरमा मार्चपास र सांकेतिक पिटी प्रदर्शन गरेको छ । विद्यालयद्वारा आइतबार आयोजित बार्षिक उत्सव कार्यक्रममा आधारभूत तहका स्काउट बिद्यार्थीहरुले खेलमैदानमा मार्चपाससहित सांकेतिक पिटी प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा विद्यालयका बिद्यार्थी पूर्णिमा तामाङ र साथीहरुले स्वागत गीत प्रस्तुत गरेका थिए भने सागर लम्साल , बन्दना बुढाथोकी र साथीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै अनुषा निरौला ,जानुका खाती र साथीहरूले संगिनी नृत्य ,रिया दनुवार ,केशिका पौडेल र साथीहरूले तामाङ सेलो, शितल गिरी र साथीहरूले साकेला नृत्य प्रस्तुत गरेका थिए ।

शिक्षा विकास समन्वय एकाइ झापाका प्रमुख राजकुमार विकको प्रमुख आतिथ्यता भएको बार्षिक उत्सव समारोहमा बिद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद खतिवडाले ऐतिहासिक पृष्ठभूमि, भौतिक संरचना , आर्थिक, शैक्षिक गतिविधि समेटिएको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा विद्यालयका अक्षयकोष दाता मिना राई , नगद १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने पूर्व शिक्षक मोहन प्रसाद न्यौपाने, १८ हजार मुल्य बराबरको शैक्षिक पुरस्कार प्रदान गर्ने बिनोद खाती , भित्तेलेखन चित्र आर्ट खर्च ५ हजार रुपैयाँ सौजन्य शुकदेव राजवंशी, उत्कृष्ट बर्ष शिक्षक भावना भट्टराई उत्कृष्ट बिद्यार्थीहरु र दीर्घ सेवा सम्मान शिक्षक सोम प्रसाद पौडेललाई सम्मान –पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यसैबीच विद्यालय व्यवस्थापन समितिका संस्थापक सदस्य मान बहादुर कार्की , बालमुकुन्द पोखरेल, नारायण चौहान संस्थापक प्रधान अध्यापक लिलाधर खतिवडा, शिक्षक श्यामसुन्दर नेपाल, मणोपरान्त सम्मान जगत बहादुर बुढाथोकी र कुलबहादुर कटुवालको परिवारलाई सम्मान – पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर पौडेलको सभापतित्व तथा शिक्षक तोया ओलीको सञ्चालन रहेको समारोहमा प्रमुख अतिथि राजकुमार , अर्जुनधारा नगरपालिका – ४ का वडाध्याक्ष अम्बर बहादुर कटुवाल ,विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष जीवनकला राउत , भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपक दाहाल , सम्मानित तर्फबाट मानबहादुर कार्की र शिक्षिका चित्रकला दवाडी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसअघि विद्यालयले फागुन ५ र ६ गते छात्रा –छात्र समूहको ४०० , २०० ,१०० र ५० मिटर दौड एथलेटिक्स प्रतियोगिता , प्रावि तहका छात्रबीच भाले जुदाई , छात्राबीच म्युजिकल चियर ,पूर्व प्रावि तह बिद्यार्थी बीच सियो धागो , भित्र–बाहिर प्रतियोगिता र कक्षा ८ का छात्रहरुको फुटबल प्रतियोगिता सञ्चालन गरिसकेको विद्यालयका स्काउट शिक्षक चूडाकर्ण घिमिरेले जानकारी दिए । विद्यालयको बार्षिक उत्सव हरेक बर्ष फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पर्ने गरेको छ ।

प्रकाशित मिति : फाल्गुन ८, २०७९ सोमबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]