जेष्ठ १, २०८१ मंगलबार

झापा एमाले : चुनावमा असहयोग गर्नेलाई निलम्बन गर्दै

बिर्तामोड । नेकपा एमाले झापाको निर्वाचन समीक्षा कार्यदलले जिल्ला कमिटी मातहतदेखि केन्द्रीय सदस्यसम्मलाई कारबाहीका लागि सिफारिस गरेको छ । कार्यदलले सम्बन्धित कमिटीहरुलाई कारबाहीका लागि लेखि पठाउने निर्णय गरेको हो ।

स्थानीय तह निर्वाचनका सन्दर्भमा गठित कार्यदलले गत बैशाख २९ र मंसिर ४ दुवै निर्वाचनको समीक्षा गरेर आन्तरिक असहयोग गर्नेहरुलाई कारबाहीको लागि सिफारिस गरेको हो । पार्टीका जिल्ला कमिटी उपाध्यक्ष प्रेम गिरीको संयोजकत्वमा बनेको कार्यदलले केन्द्रीय सदस्यलाई कारबाहीका लागि केन्द्रीय कमिटी, प्रदेश कमिटी सदस्यको कारवाहीका लागि प्रदेश कमिटी र जिल्ला कमिटी मातहतका नेता कार्यकर्ताको कारबाहीका लागि जिल्ला कमिटीलाई सिफारिस गरिएको बुझिएको छ ।

१ जना केन्द्रीय सदस्य, करिव एक दर्जन प्रदेश कमिटी सदस्यहरु र जिल्ला कमिटी मातहतका ३० जनालाई कारबाहीका लागि सिफारिस गरिएको छ । पार्टी विधानको धारा ८० र ८१ बमोजिम कारबाही गरिने एमाले झापाले जनाएको छ । कम्तिमा २ वर्ष निलम्बन गर्ने गरि कारबाहीको लागि सिफारिस भएको जिल्ला कमिटी सचिव शिव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार कार्यदलले चुनावमा असयोग गरेको प्रमाण र अन्य अध्ययनहरुको आधारमा कारबाही सिफारिस गरेको छ ।

प्रकाशित मिति : फाल्गुन ९, २०७९ मंगलबार  ८ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]