चैत्र १५, २०८० बिहीबार

अर्जुनधाराका कृषकलाई औषधी वितरण

अर्जुनधारा । अर्जुनधरा नगरपालिकाले झापाको अर्जुनधारा–२ स्थित वेलेटारमा पशुपकेट कार्यक्रम अन्र्तगत कृषकलाई औषधी वितरण गरेको छ ।

अर्जुनधारा नगरपालिका पशुपंक्षि मत्स्य तथा कछुवा विकास शाखाको आयोजनामा बुधवार पशुपालन गर्ने कृषकलाई थुनेलो, जुगा तथा नाम्ले रोगको औषधि वितरण गरेको हो । खुदुनावारी कृषक समुहका अध्यक्ष मदनकुमार उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममको प्रमुख अतिथि अर्जुनधारा नगर प्रमुख हरिकुमार राना रहेका थिए । प्रमुख अतिथि रानाले किसानलाई अरुको भर नपर्न आग्रह गर्दै आफै सक्षम हुनु पर्नेमा जोड दिए । ‘मागी खाने होइन’ प्रमुख रानाले भने ‘गरी खाउँ भन्ने उदेश्यले किसान अघि बढ्नपर्छ ।’ कार्यक्रममा विशिष्ठ अतिथि नगर उपप्रमुख कमला आचार्य खतिवडा रहेकी थिइन् ।

कार्यक्रममा नगरका २ नं. का अध्यक्ष रघुनाथ खनाल, नगरपालिकाका वरिष्ठ कार्यक्रम तथा योजना अधिकृत हेमराज सेढाईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पशुपंक्षि मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदमलाल राईले गरेका थिए ।

प्रकाशित मिति : कार्तिक ६, २०७६ बुधबार  ८ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]