बैशाख ११, २०८१ मंगलबार

पर्यटकीय क्षेत्रमा सांसद साँवाको अनुगमन : १ सय अस्थायी शौचालय र ५० लाखको जलकुण्ड बनाइदिने

बिनोद सापकोटा

झापा । पर्यटन भ्रमण वर्ष २०२० नजिकिदै गर्दा झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद एलपी साँवाले आफ्नो निर्वाचन क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको स्थलगत अनुगमन भ्रमण शुरु गरेका छन् ।

पर्यटन वर्ष भव्य रुपमा सफल बनाउन र आन्तरिक तथा वाहिय पर्यटक आफ्नो निर्वाचन क्षेत्रमा आउन सक्ने वातावरण सिर्जना गर्न सांसद साँवाले अनुगमन भ्रमणलाई तिव्र बनाएका हुन् । सांसद सावाँको निर्वाचन क्षेत्रमा कम्तिमा ७ वटा धार्मिक तथा पर्यटकीय क्षेत्र छन् ।

शिवसताक्षी नगरमा सताक्षीधाम, दोमुखा र चिल्लागढ पोखरी छन् । यस्तै कनकाई नगरपालिकामा कोटिहोम, धनुषकुोटीधाम, जामुनखाडी सिमसार र झापा गाँउपालिकामा रानिवन जस्ता पर्यटकीय क्षेत्र छन् । यस्तै गौरीगञ्ज गाँउपालिकामा कोरोवारी सिमसार रहेको साँवाका स्वकीय सचिव सिकिन पासवानले बताए । सो सिमबार हुलाकी राजमार्गमा छ ।

सांसद साँवाले बुधबार शिवसताक्षी नगरको सताक्षीधामको स्थलगत अनुगमन गरे । स्थानीय गोलोक गोवेद्र्धन गौसालाले आयोजना गर्न लागेको सताक्षी धार्मीक महोत्सव एवं १०८ कुण्डको कोटिहोमको बारेमा जानकारी लिए । उक्त महोत्सव कार्तिक २७ देखी मंसिर ९ सम्म ( १३दिवसीय) आयोजना हुने गौसालाका संरक्षक आचार्य नन्दकिसोर भारद्धाजले बताए । कोटिहोममा २० हजार विदेशी र ५ लाख आन्तरिक पर्यटक तथा धर्मावलम्वी आउने आयोजकले दावी गरेको छ ।

सांसद साँवाले आगन्तुक पाहुनाका लागि आवास, भोजन, खानेपानी, शौचालय, संचार, सुरक्षा, स्वास्थ्य लगायतको बारेमा राम्रो प्रवन्ध मिलाउन आयोजक समितिसँग आग्रह गरेका छन् । उनले भने, ‘म अस्थायी प्रकृतिका १०० शौचालय बिहीबार देखी नै निर्माण गरिदिने छु, त्यसका लागि आर्थिक व्यवभार आयोजकले व्यहोर्नु पर्दैन, मेरै सचिवालयले त्यसको प्रवन्ध गर्नेछ ।’

गौशालाकै कारण सताक्षीधाममा देशी विदेशी पाहुना आएर बस्न सक्ने वातावतरण निर्माण भएकोमा गोलोक गोवद्र्धन गौसाला धन्यवादको पात्र भएको साँवाले बताए । उनले भने, ‘म यहि को बासिन्दा हुँ । गौसाला निर्माण हुनुभन्दा अघि र पछिको सताक्षीधाममा धेरै परिवर्तन आएको मैले देखेको छु । पछिल्ला दिन आन्तरिक तथा वाह्य पर्यटकका लागि सताक्षीधाम पहिलो रोजाईको धार्मीक तथा पर्यटकीय गन्तव्य बन्न थालेको छ ।’

साँवाले आफ्नो निर्वाचन क्षेत्रमा आउने स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम (क्षेत्र विकास कोष) बाट सताक्षीधाममा जलकुण्ड निर्माण गर्ने बताए । त्यसका लागि उनले ५० लाख विनियोजन गरेका छन् । बिहीबार विहान स्थानीय तहका जनप्रतिनिधी, पत्रकार, वन आयोजनाका प्रतिनिधीसँंग जल कुण्डको सम्भाव्यता अध्ययनका लागि सताक्षीधाम क्षेत्रको मैनाचुली वन क्षेत्रमा जाने सांसद साँवाले बताए । साँवाले बिहीबार र शुक्रबार अन्य स्थानको स्थलगत अनुगमन गर्ने बताएका छन् ।

प्रकाशित मिति : कार्तिक ६, २०७६ बुधबार  ८ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]