जेष्ठ २, २०८२ बिहीबार

झापामा डेढ लाखले खाइसके हात्तीपाइले विरुद्धको औषधि

बिर्तामोड । झापामा दुई दिनमा डेढ लाख नागरिकले हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन गरेका छन् । जिल्लामा ११ गतेदेखि औषधि खुवाउने कार्यक्रम सुरु भएको थियो ।

स्वास्थ्य कार्यालय झापाका अनुसार ११ गते ७१ हजार १ सय ७७ जना र १२ गते ८० हजार ८ सय ११ जनाले औषधि सेवन गरेका छन् ।

दुई दिनमा १ लाख ५१ हजार ९ सय ८८ जनाले औषधि सेवन गरिसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । १७ गतेसम्म औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

तथ्याङक अनुसार दुवै दिन धेरैलाई औषधि सेवन गराउनेमा विर्तामोड नगरपालिका अगाडि छ ।

प्रकाशित मिति : फाल्गुन १३, २०७९ शनिबार  ११ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]