चैत्र १५, २०८० बिहीबार

एउटा तस्बिरका कारण र्यापर भिटेन पक्राउ

बिर्तामोड । ‘हामी यस्तै न हो नि ब्रो’ बाट पछिल्लो पटक निकै चर्चामा आएका र्यापर समिर घिसिङ अर्थात् भिटेन पक्राउ परेका छन् ।

उनको गीत ‘हामी यस्तै त हो नि ब्रो’ मा अश्लील शब्द प्रयोग गरेको र सोसल मिडियामा राखेको तस्बिरमा आधारमा उनलाई बिहिबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी शहकुल थापाले जानकारी दिए । उनलाई जाउलाखेलबाट पक्राउ गरिएको हो ।

भिटेनले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा असोज २९ गते प्रहरीको बर्दी लगाएर चुरोट तानिरहेको र हातले गाँजा केलाइरहेको तस्बिर अपलोड गरेका थिए ।
उनको उक्त तस्बिरलाई २० हजार बढीले लाइक गरेका छन् भने एक हजार बढीले कमेन्ट गरेका छन् । यस्तै, उक्त तस्बिर १२ सय बढी पटक सेयर गरिएको छ ।

प्रकाशित मिति : कार्तिक ७, २०७६ बिहीबार  १२ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]