बैशाख १४, २०८१ शुक्रबार

हिरासतबाटै भिटेन भने – ‘ प्लीज हेल्प मी ’

बिर्तामोड । आज पक्राउ परेका चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ ले प्रहरी हिरासतबाटै सहयोग मागेका छन् । उनले सामाजिक सञ्जाल इन्टाग्राममा स्टोरी राख्दै लेखेका छन्, प्लीज हेल्प मी ।

गीतमा अश्लिल शब्द प्रयोग गरेको र प्रहरीको बर्दीको गलत प्रयोग गरेको भन्दै उनलाई लतिपुरको झम्सिखेलमबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो ।

‘हामी यस्तै त हो नी ब्रो’ बोलको गितमा लागुऔषध गाँजा खान प्रोत्साहित गर्ने तथा समाजमा अपाच्य अश्लिल शब्दहरू प्रयोग गरी गीत गाउनुका साथै प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकको प्रोफाइलमा राखेपछि पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए । उनलाई अहिले आवश्यक कानुनी कारवाहीको लागि बिहीबारै महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।

उनले आफ्नो सामाजिक सञ्जाल इंस्टाग्रामम तीनवटा स्टोरी राखेका छन् । भिटेनको पहिलो स्टोरीमा उनले ‘पुलिस स्टेसन’ लेखेका छन् भने दोश्रो स्टोरीमा तस्बिरसहित लेखेका छन्, ‘जावलाखेल पुलिस स्टेशन’ । यस्तै तेश्रो स्टोरीमा उनले ‘प्लिज हेल्प मी’ लेख्दै जावलाखेलमा रहेको लोकेसन राखेका छन् ।

प्रकाशित मिति : कार्तिक ७, २०७६ बिहीबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]