विराटनगरमा चर्किएको आन्दोलन फिर्ता

विराटनगर । विराटनगरमै संरचना पनि राख्ने आश्वासन पाएपछि विराटनगरबासीले तत्कालका लागि आन्दोलन फिर्ता लिएका छन् ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको सहजीकरण पछि अनिश्चितकालीन विराटनगर बन्दको कार्यक्रम फिर्ता भएको हो । स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव दर्ता भएपछि प्रदेश सरकारको कार्यालयहरु विराट क्षेत्रका विभिन्न स्थानमा राख्ने विषयले आन्दोलन चर्किएको थियो ।
अहिले प्रदेश सभा शुरु भएको छ । विराटनगरलाई राजधानी बनाइयोस् भन्ने प्रस्ताव प्रदेश सभामा टेबल (निर्णयार्थ पेश गर्ने काम) हुने भनिएको छ । आन्दोलनरत पक्षले आफुहरुको आन्दोलन पुरा नभए भोलीदेखि थप आन्दोलनका कार्यक्रम अघि सार्ने जनाएका छन् ।