बैशाख ७, २०८१ शुक्रबार

राष्ट्रका लागि योगदान झापद्वारा तीन दिवशीय प्राथमिक स्वास्थ्य उपचार तालिम सुरु

शिवसताक्षी । झापाको शिवसताक्षी ८ स्थित वाटरकिङडम पार्कमा राष्ट्रका लागि योगदान झापा शाखाले तीन दिवशीय निशुल्क प्राथमिक उपचार तालिमको सुरुवात गरेको छ ।

मानवीय जीवनमा अर्पे समस्या र त्यसको प्राथमिक उपचार विधीको विषयमा केन्द्रित ३ दिवशीय प्राथमिक उचार तालिमको आज उद्घाटन गरेको हो । कार्यक्रमको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घान गरेका हुन् ।

उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले मानव जीवनका स्वथ्य रहनु पहिलो प्राथमिकता रहेकाले यस संस्थाले मानव हित र मावनताका लागि काम गर्ने अपेक्षा गरिएको बताए । उनले पछिल्लो समय समाज विचलित हुन थालेको भन्दै कोही पठ्यारो र समस्यामा परको देखेपनि उसको उद्धार नगरी फोटो भिडियो खिच्ने प्रचलनले समाज कता तिर जादैछ भन्ने आगलन गर्न सकिने बताए । आम नागरिक आफ्नो स्वास्थ्यका लागि चिन्तित देखिदैन । स्वास्थ्यका मापदण्ड के के हुन्छन् । आफुले सेवा लिने स्वास्थ्य संस्थाहरु मापदण्ड अनुसारका छन् की छैनन् भन्ने सम्ममा कसैको ध्यान गएको नदेखिएको नगरप्रमुख थोप्राले जानकारी दिए । उनले तालिममा सहभागीहरुलाई तालिम लिएपश्चात सामाजिक सेवामा समर्पित हुन सुझाए ।

राष्ट्रका लागि योगदान समुदाय केन्द्रीय कार्यक्रम गरेर समाज र राष्ट्रको सेवा गर्ने उद्देश्यबाट स्थापना भएको संस्थामा खासगरी युवाहरुको उल्लेख्य सहभागीता रहने बताइएको छ । ‘योगदान राष्ट्रका लागि’ अभियानमा हाल ६ हजार बढी युवाहरु जोडिएका छन् । युवा समिति र सञ्जाल मार्फत हरेक नागरिक र सर्वसाधारणमा प्राथमिक उपचार सेवा पुर्याउने लक्ष्य संस्थाको छ ।

विश्व महामारीको रुपमा फैलिरहेको कोभिड १९ संक्रमणको समयमा जन्मिएको ‘योगदान राष्ट्रका लागि’ संस्थाले कोरोनाको कहरमा अझ प्राथमिक उपचारको महत्व र आवश्यकतालाई आम जनता माझ लैजाने अभियान चाल्ने छ ।

कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनमा संस्थाले सचेतना सँगै दैनिक गुजारा चलाउन समस्या भएका परिवारलाई राहत वितरण तथा कोरोना स्वास्थ्य सामग्री वितरण, रक्तदान तथा फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको योगदानको पनि सम्मान गरेको थियो ।
तीन दिवशीय तालिममा राष्ट्रका लागि योगदानका राष्ट्रिय अध्यक्ष ओम उप्रेतीले सहजीकरण गर्ने बताएको छ। उद्घाटन सत्रमा सहायक रथी धनबहादुर थापालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन गोपिला चम्लागाईले गरेकी थिइन् ।

प्रकाशित मिति : फाल्गुन १९, २०७९ शुक्रबार  ९ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]