चैत्र १६, २०८० शुक्रबार

कनकाईमा जारी महिला फुटबलको तेस्रो दिनको खेलमा दमक विजयी

कनकाई । झापाको कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबलको तेस्रो दिनको खेलमा दमक महिला फुटबल क्लबले जीत हासिल गरेको छ ।

सातौं संस्करणका रूपमा कनकाई खेलकुद प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता कनकाई माविको खेल मैदानमा संचालन भइरहेको छ । प्रतियोगिताको तेस्रो दिन आज शुक्रबार पारिजात महिला फुटबल क्लब सालबारी र दमक महिला फुबल क्लब बीच भएको प्रतिस्पर्धामा दमक ३—० गोलको अन्तरले विजयी बनेको हो ।

विजेता बनेको दमककालागी क्रमशः खेलको २७ औं मिनटमा अम्बिका लिम्बुले, २९औं मिनटमा विष्णु लिम्बुले र ३६ औं मिनटमा सन्जु तामाङले गोल गरेको आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवी थपलियाले जानकारी दिए ।

खेलको प्लेयर अफ द म्याच विजयी टिमकी सन्जु तामाङ घोषित भइन् । उनलाई व्यवसायी विरेन्द्र मैनालीबाट प्राप्त सहयोग रकम रू.२ हजार कनकाई खबर साप्ताहिक एवं ठोस खबरका पत्रकार सिएम शर्माले प्रदान गरे । शनिबारको खेल भद्रपुर महिला फुटबल क्लब र एकता महिला फुटबल क्लव चारपाने बीच हुने आयोजक समितिकी सचिव मान्ता खरेलले जानकारी दिएकी छिन् ।

कनकाई नगर खेलकुद विकास समिति सह–आयोजक रहेको प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको छ ।

 

प्रकाशित मिति : फाल्गुन १९, २०७९ शुक्रबार  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]