चैत्र १६, २०८० शुक्रबार

शनिश्चरे–खुदुनावारी सडक खण्डको विवाद समाधान

अर्जुनधारा । स्थानीयले अवरोध गरेको शनिश्चरे–खुदुनावारी सडक खण्डको विवाद समाधान भएको छ । शुक्रबार नगरपालिकामा भएको सर्वपक्षीय छलफलमा सहमति भएसँगै सडकको अवरोध हटेको हो ।

अर्जुनधारा नगरपालिकाको समन्वयमा ठेकेदार पक्ष र स्थानीयबिच सहमति भएपछि सडक खुलेको हो । शनिश्चरेबाट खदुनाबारीसम्मको सडकमा पानी हाल्न, कात्तिक १५ गतेबाट काम नियमित सुचारु गर्ने सहमति भएपछि बिहीबारदेखि अवरुद्ध सडक सुचारु भएको नगरपालिकाले जनाएको छ ।

योजना सम्झौता भएको १५ महिना बित्दा पनि ठेकेदारको लापरवाहीका कारण सडक स्तरोन्नतीको कार्य नभएको भन्दै स्थानीयहरुले बिहीबारदेखि शनिश्चरे–खुदुनावारी सडक खण्ड बन्द गरेका थिए । शुक्रबार नगरमा भएको छलफलमा ठेकेदार पोर्तेवा शेर्पा, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, नेपाली काङग्रेसका नगरसभापति हेमराज खरेल, नेपाल कम्नयुष्ट पार्टीका नगर सचिव राजु शेर्मा, अर्जुनधारा–७ वडा अध्यक्ष नविन ढुङगाना, ८ का अध्यक्ष गोपी गौतम, ६ वडाध्यक्ष लोकनाथ गौतम , संघर्ष समितिका अध्यक्ष सुरेश गिरी, सचिव राजु खम्बु, सदस्य राजु रन्जीतकार, शसस्त्र बल शनिश्चरेका डिएसपी द्रोण बिष्ट, प्रहरी नायब निरिक्षक पुनमकुमार चौधरी लगायत छलफलमा सहभागी थिए ।

प्रकाशित मिति : कार्तिक ८, २०७६ शुक्रबार  ७ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]