बैशाख ११, २०८१ मंगलबार

कनकाईबासीले स्वास्थ्य सेवाबाट बञ्चित हुनुपर्दैन : मेयर पोखरेल

कनकाई । झापा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले अब नगरबासीले स्वास्थ्य सेवाबाट बन्चित हुने अवस्थाको अन्त्य भएको बताएका छन् । आज कनकाई वडा नं. १ मा आधारभुत स्वास्थ्य केन्द्रको बिधिवत उद्घाटन गर्दै नगरप्रमुख पोख्रेलले सो कुरा बताएका हुन् ।

उनले नगरका सबै जसो वडामा अहिले आधारभुत स्वास्थ्य केन्द्रको स्थापन गरी नगरबासीलाई सहजै स्वास्थ्य सेवा सुरु गरिएको जानकारी गराए । नगरले यसअघि नगर अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गरी सेवा दिदैं आएको छ भने अति विपन्न नगरवासी , गरिव दुखीहरुलाई निशुल्क स्वास्थ्य बीमा समेत गरेको नगर प्रमुख पोख्रेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै वडा न १ का अध्यक्ष सुशिल कुमार पोख्रेलले अब वडाबासीहरुलाई उक्त केन्द्रबाट खोप सेवा, पोषण सेवा, परिवार नियोजन सम्बन्धी सेवा उपलब्ध गराउनुका साथै मानिसलाई रोग लाग्नु भन्दा पनि रोग लाग्नबाट बच्ने उपाय बारे समय समयमा सचेतना मुलक कार्यक्रम गर्दै जाने प्रतिवद्धता जनाए ।

कार्यक्रममा वडा न १ का अध्यक्ष सुशिलकुमार पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ३ का अध्यक्ष युवराज चौलागाईं , वडा न ५ का अध्यक्ष कृष्ण बहादुर राई , वडा न ७ का अध्यक्ष भीष्मभुषण सिटौला, वडा नं. ८ का अध्यक्ष लिला बहादुर कटुवाल, नगर स्वास्थ्य शाखाका प्रमुख खगेन्द्र दङ्गाल , नगर जनस्वास्थ्य अधिकृत नारायण प्रसाद अधिकारी, कनकाई बिहानी क्लबका अध्यक्ष मनोज बस्नेत, खड्गमाया चापागाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : फाल्गुन २५, २०७९ बिहीबार  ९ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]