चैत्र ८, २०७९ बुधबार

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते हुनुभएका नेता एवं प्रतिनिधिसभा सदस्य डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको डा भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिनुभयो । “डा भण्डारीको आज पनि फिजियोथेरापी भएको छ, कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ”, भण्डारीका दाजु मीनप्रसादले भन्नुभयो ।

आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते हुनुभएको थियो । हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।

प्रकाशित मिति : फाल्गुन २५, २०७९ बिहीबार  १० : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास