बैशाख १३, २०८१ बिहीबार

बुबाको जमानीमा भिटेन रिहा

ललितपुर । चर्चित र्‍यापर भिटेन रिहा भएका छन् । महानगरीय प्रहरी परिसर, ललितपुरले भिटेन नामले परिचित समिर घिसिङलाई उनका बुवाको जमानीमा रिहा गरेको हो ।

शुक्रबार साँझ रिहा भएका उनलाई भाइटीकाको भोलिपल्ट हाजिर हुन भनिएको ललितपुर प्रहरीले जनाएको छ । हामी यस्तै त हो नि ब्रो…’ बोलको गीतमा प्रयोग भएका शब्द र सामाजिक सञ्जाल फेसबुकमा राखिएको तस्वीरलाई लिएर प्रहरीले उनलाई  पक्राउ गरेको थियो ।

पक्राउ परेलगतै उनको यो गीतलाई युट्युबबाट हटाउन लगाइएको थियो । उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउने प्रहरीको तयारी थियो । तर बुवाले जमानीमा रिहा गर्न अनुरोध गरेकाले छाडिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक ९, २०७६ शनिबार  ९ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]