चैत्र ८, २०७९ बुधबार

मेचीनगरमा ह्वील चियर वितरण कार्यको शुभारम्भ

मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र शारीरिक रूपमा असक्त रहेका नागरिकलाई सहजताका लागि ह्वील चियर वितरण कार्यको शुभारम्भ गरेको छ ।

नगरपालिकाले शुक्रबार एक कार्यक्रमका बिच नगरको सभाहल परिसरमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरूपमा नगरका पन्द्र जना शारीरिक रूपमा असक्त नागरिकलाई ह्वील चियर वितरण गरि मेचीनगरलाई ह्वील चियर मुक्त नगर बनाउने अभियानको शुभारम्भ गरेका हुन् ।

शारीरिक रूपमा अति असक्त भएका नागरिकको दैनिकीमा सहजता पुर्याउन नगरपालिकाले पहिलो चरणमा करिब १५ हजार मूल्य प्रति थान पर्ने एक सय थान ह्वील चियर वितरण गरिने मेचीनगर महिला बालबालिका शाखा प्रमुख जयन्ती खरेलले जानकारी दिइन् ।

कार्यक्रममा नगर प्रमुख बुढाथोकी र उपप्रमुख पोखरेलले मेचीनगरले ह्वील चियर मुक्त नगर बनाउन विगतदेखि नै ह्वील चियर वितरण गर्दै आएको बताउँदै यसलाई थप प्रभावकारी बनाउन पुनः आजदेखि ह्वील चियर नपाएकाहरूलाई वितरणको अभियान सञ्चालन गरिएको जनाए ।

ह्वील चियर वितरण कार्यक्रममा नगर प्रमुख उपप्रमुखसहित नगरपालिकाका बरिस्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, लेखा अधिकृत राजन भेटवाल, स्वास्थ्य शाखा प्रमुख सावित्रा सापकोटागायतका कर्मचारी, जनप्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : फाल्गुन २८, २०७९ आईतबार  ७ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास