बैशाख ११, २०८१ मंगलबार

बिर्तामोड बन्यो भेट्रान च्याम्पियन

झापा । बिर्तामोड भेट्रान फुटबल क्लब सातौँ धाइजन चारआली भेट्रान फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नवकालिका खेलमैदानमा शनिबार भएको फाइनल खेलमा बिर्तामोड भेट्रानले भद्रपुर भेट्रान फुटबल क्लबलाई पराजित गरेर च्याम्पियन बनेको हो ।

धाइजन चारआली भेट्रान फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको  फाइनल खेलमा बिर्तामोडले ४ ० गोलअन्तरले भद्रपुरलाई पराजित गर्दै उपाधि रक्षा गरेको हो । बिर्तामोडका लागि नरेन्द्रमणि लिम्बूले २ गरे भने प्रेमकुमार लिम्बू र हर्कराज गुरुङले एक एक गोल गरे ।

कात्तिक ६ गतेदेखि सञ्चालित प्रतियोगिताको उत्कृष्ट खेलाडी भद्रपुर भेट्रानका गोलरक्षक सुवास मेचे घोषित भए । उनलाई नगद ५ हजार १ सय प्रदान गरियो । त्यस्तै, प्रतियोगिताकै ज्येष्ठ खेलाडी काँकरभिट्टा भेट्रान फुटबल क्लबका गंगालाल गुरुङ घोषित भए । उनी ६० वर्ष पुगेर पनि फुटबल खेलमा निरन्तर लागिपरेको भन्दै आयोजकले नगद ५ हजार १ सयसहित सम्मान प्रदान गर्यो ।

प्रतियोगिताको फाइनल खेलमा भेट्रान खेलाडी लक्ष्मीप्रसाद लिम्बू (लोचन)लाई आयोजकले नगद २ लाख रुपैयाँ प्रदान गर्दै सम्मान गरेको छ । विजेता, उपविजेता तथा सम्मानित व्यक्तित्वलाई मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, आयोजक क्लबका अध्यक्ष आशिष वनलगायतले नगद प्रदान गरे । प्रतियोगिताको विजेताले नगद ६१ हजार र उपविजेताले ४१ हजारसहित ट्रफी पाएको छ ।

प्रकाशित मिति : कार्तिक १०, २०७६ आईतबार  १० : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]