चैत्र ८, २०७९ बुधबार

प्याब्सनले गर्याे मेचीनगरमा नेपाली भाषामा अन्तरक्रिया

मेचीनगर । शनिबार प्याब्सन मेचीनगरले संस्थागत विद्यालयका नेपाली विषयका शिक्षकहरुसँग अन्तरक्रिया गरिएको छ ।

संस्थागत विद्यालयमा नेपाली भाषाको प्रयोगमा देखिएको जटिलतालाई सहज बनाउने उद्देश्यले यस कार्यक्रमकाृ आयोजना गरिएको हो ।

प्याब्सन मेचीनगरको आयोजना तथा ऐरावती प्रकाशन प्रालिको प्रायोजनमा भएको ‘नेपाली भाषा शिक्षण तथा सिर्जनात्मक कार्यशाला गोष्ठी’ कार्यक्रमको प्रमुख अतिथिको रुपमा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् नगर शिक्षा अधिकारी होमनाथ भण्डारीको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि भण्डारीले अन्र्तराष्ट्रिय भाषालाई भन्दा पनि नेपाली राष्ट्रिय भाषालाई बढी प्राथमिकता दिनुपर्ने बताएका छन् । उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय भाषा सँगसँगै नेपाली भाषालाई प्रयोगमा ल्याउन सबै क्षेत्र जिम्मेवार बन्नुपर्छ । मानव सभ्यताको बिकासमा भाषको महत्त्वपूर्ण स्थान रहेको छ त्यसैले मुलुकको समृद्विका लागि राष्ट्रिय भाषा अपरिहार्य छ ।’

प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा ऐरावती प्रकाशन प्रालिका अध्यक्ष डा.रामविर पाण्डे, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यशालामा नेपाली पाठ्यक्रमका विज्ञहरु डा. देवीप्रसाद नेपाल र डा.गणेशप्रसाद भट्टराईले नेपाली भाषाका विविध विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यशालामा मेचीनगर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका शिक्षक तथा प्राध्यापकहरुको सहभागिता रहेको ऐरावती प्रकाशन प्रालिका कोशी प्रदेशका मार्केटिङ प्रमुख विनोद सापकोटाले बताए ।

कार्यशालामा सहभागहिरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन प्याब्सन मेचीनगरका सचिव नेत्र खतिवडाले गरेका थिए ।

प्रकाशित मिति : चैत्र ४, २०७९ शनिबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास