बैशाख ८, २०८१ शनिबार

पाथीभरा कालिका सामुदायिक वनको अध्यक्षमा पोर्तेल निर्वाचित

बिर्तामोड । पाथीभरा कालिका साुमदायिक वन उपभोक्ता समितिको अध्यक्षमा सागर पोर्तेल निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा पोर्तेलले ३८० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिष्पर्धी केदार प्रसाद उप्रेतीले ३५४ मत प्राप्त गरेका छन् ।

समितिको उपाध्यक्षमा शर्मिला लामिछाने ३३८, सचिवमा शालिग्राम पराजुली ३६५, सहसचिवमा भरत ढकाल ३१९, कोषाध्यमा मनिता अधिकारी गौतम ३६२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा विपिन निरौलामुनिराज खरेल, सपना लिम्बू, दिलकुमार राजवंशी, दीपा खनाल, सिर्जना पराजुुली चापागाई निर्वाचित भएका हुन् । कुल ८३७ मतदाता रहेको पाथीभरा कालिका वनमा ७६९ मत खसेको थियो ।

प्रकाशित मिति : चैत्र ५, २०७९ आईतबार  ९ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]