बैशाख ७, २०८१ शुक्रबार

झापाका क्याम्पस हाक्ने स्ववियु अध्यक्षहरु

गगन ढकाल

बिर्तामोड । झापामा आइतबार भएको स्ववियु निर्वाचनको सम्पूर्ण परिणाम आइसकेको छ । अन्तिम परिणाम सार्वजनिक भएसँगै अनेरास्ववियु जिल्लाको सबैभन्दा धेरै क्याम्पस जित्ने संगठन बनेको छ ।
झापामा १२ वटा क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । जसमध्ये गरामनी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल सर्वसम्मत भएको थियो । जसका कारण ११ वटा क्याम्पसमा मतदान भए । जसमध्ये अनेरास्ववियुले जिल्लाका छ वटा क्याम्पसमा जित निकालेको छ भने नेविसंघले ५ वटा क्याम्पसमा विजयी हासिल गरिसकेको छ ।

गौरादह कृषि क्याम्पस र गौरीगञ्ज बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ भने कनकाई बहुमुखी सुरुङ्गा, सितारमेश बहुमुखी क्याम्पसमा अध्यक्ष, सचिवसहित केही धेरै सदस्य जितेको छ ।
गौरादह कृषि क्याम्पसको अध्यक्षमा विक्रम तिवारीले आफ्ना पतिस्पर्धी राजेन्द्र काफ्लेलाईलाई ३१ मतले पछि पार्दै आफ्नो जित निकालेका हुन् । उनीसँगै गौरादह कृषि क्याम्पसको सचिव पदमा पूर्ण बहादुर राना, कोषाध्यक्षमा झरना सुवेदी निर्वाचित भएकी छिन् । यसैगरी सदस्यहरुमा मनिष राई, सुनिता बस्नेत, रिकिता चौधरी, सविन कटुवाल र प्रकाश पौडेल निर्वाचित भएका छन् ।

गौरीगञ्ज बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियुका उम्मेदवार इस्तव हुसेन निर्वाचित भएका छन् । उनले आफ्नो नेविसंघका आफ्नो प्रतिस्पर्धी रोशन यादवलाई पछि पारेका हुन् । सचिवमा निर बहादुर प्रधान र कोषाध्यक्षमा निरज मन्जी निर्वाचित भएका छन् । साथै, सदस्यहरुमा ममता कुमारी राजवंशी, समिक्षा कटुवाल र कृष्ण प्रसाद गनगाई निर्वाचित भएका छन् ।

कनकाई बहुमुखी सुरुङ्गाको स्ववियु अध्यक्षमा अनेरास्ववियुका चेतन आचार्य निर्वाचित भएका छन् भने सचिवमा नेविसंघका बासुदेव निरौला र कोषाध्यक्षमा अनेरास्ववियुकी उम्मेदवार प्रिया पुरी निर्वाचित भएकी छिन् । यसैगरी सदस्यहरुमा अनेरास्ववियुबाट मिना ढुङेल, रोहन कोइराला, जोमर अली, मदन उप्रेती, प्रकाश गौतम, मनिष हिङमाङ दर्जी र नेविसंघबाट प्रबिन राई निर्वाचित भएका छन् ।

जिल्लाको सबैभन्दा ठूलो क्याम्पस मेची बहुमुखी क्याम्पसको स्ववियु अध्यक्ष पदमा अनेरास्ववियुका सन्देश धमला (पवन) निर्वाचित भएका छन् । उनले आफ्नो नेविसंघका निकट प्रतिस्पर्धी किशोर ढुङ्गानालाई १३० मतान्तरले पछि पारेका हुन् । उनीसँगै सचिवमा अनेरास्ववियुको बिदन राई र कोषाध्यक्षमा नेविसंघकी निलम कार्की निर्वाचित भएकी छिन् । यसैगरी सदस्यहरुमा अनेरास्वविका उद्देश्य भण्डारी, अनुषा भण्डारी, नेविसंघका विवेक ढकाल, सौरभ ओस्ती, विवेक तामाङ, वर्षा एक्तेन र प्रतिक शाह रौनियार निर्वाचित भएका छन् ।

सितारमेश बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका प्रदिप बर्देवा निर्वाचत भएका छन् भने सचिवमा अशोक भण्डारी र कोषाध्यक्षमा नेविसंघका सन्तहांग लिम्बू निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा नेविसंघका अभिषेक घतानी, विवेक वाग्ले, मंगेश आचार्य अनेरास्ववियुका प्रकाश योञ्जन (प्रेम) र रोशन कुमाल (मारी) निर्वाचित भएका छन् ।

कनकाई आदर्श क्याम्पस बिर्तामोडमा नेविसंघले प्यानलसँगै जितेको छ । कनकाई आदर्शको स्ववियु अध्यक्षमा किरण गुरुङ निर्वाचित भएका छन् भने सचिवमा विमल कट्टेल र कोषाध्यक्षमा सम्पदा पोखरेल निर्वाचित भएकी छिन् । यसैगरी सदस्यहरुमा इसान ओली, दिव्यकला कार्की, मनिस कोइराला, रोहित काफ्ले, रोशन कार्की, साजन लिम्बू, कुशल खनाल र विधान लिम्बू निर्वाचित भएका छन् ।

त्रिदेव बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका अर्जुन गौतम निर्वाचित भएका छन् भने सचिवमा मनिराम विश्वकर्मा (मनिष) र कोषाध्यक्षमा अनेरास्ववियुका ईश्वर रिजाल निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा अनेरास्ववियुका भूगोल भट्टराई, दावा तामाङ, हरि पौडेल, मदन चिमरिया, कैलाश रेग्मी नेविसंघका सुजल अर्याल र रोशन पोखरेल निर्वाचित भएका छन् ।

शनिश्चरे बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा विशाल थापा निर्वाचित भएका छन् भने सचिवमा अनेरास्ववियु क्रान्तिकारीका गगन चापागाईं र कोषाध्यक्षमा शर्मिला न्यौपाने निर्वाचित भएकी छिन् । यसैगरी सदस्यहरुमा दिपक भट्टराई, निमेष भण्डारी, देवेन्द्र गिरी, अरुण श्रेष्ठ, रविन प्रधान र टिकाराम दाहाल निर्वाचित भएका छन् । शनिश्चरे क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त गठबन्धन थियो । गठबन्धनको प्यानलै बिजयी भएको छ ।
इन्द्रचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका पवन दाहाल निर्वाचित भएका छन् भने सचिवमा श्रीजित ढुङ्गाना र कोषाध्यक्षमा शितल गुरुङ निर्वाचित भएकी छिन् । यसैगरी सदस्यहरुमा नेविसंघका रविन खड्का, वृन्दा तामाङ, ज्ञान बहादुर फत्र (बिजय), पवन अधिकारी, समिक्षा आचार्य, अनेरास्ववियुका आकाश थापा र उज्वल घिमिरे निर्वाचित भएका छन् ।

आज राती सम्पन्न दमक क्याम्पसको मत परिणाम अनुसार नेविसंघका उम्मेदवार सोविम न्यौपाने निर्वाचित भएका छन् ।

प्रकाशित मिति : चैत्र ७, २०७९ मंगलबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]