चैत्र १६, २०८० शुक्रबार

बाँसको पुलले जोढ्यो गौरीगञ्ज–झापा गाउँपालिका

बिर्तामोड । झापाको गौरीगञ्ज–१ स्थित रंगियथान र झापा गाउँपालिका जोढ्न कनकाई नदीमा बाँसको पुल सञ्चालनमा ल्याइएको छ ।

गौरीगञ्ज र झापा गापा बिचको आवातजावतका लागि स्थानीय अरुण मण्डलले पुल निर्माण गरिदिएका छन् । लक्ष्मी पुजाको दिनका अवसरमा पुल सञ्चालनमा ल्याइएको हो ।

स्थानीयलाई पुल नहुँदा आवातजावतमा कठिनाइ भइरहेको थियो । कनकाई नदीमा निर्माण भएको सो बाँसे पुलमा आवातजावत गर्न कनकाई नगरपालिका, गौरीगञ्ज, झापा र शिवसताक्षीका नागरिक प्रत्यक्ष लाभान्वित हुने छन् ।

मुख्य राजमार्ग बाहेक दक्षिण क्षेत्रमा हालसम्म पक्का पुल निर्माण भएका छैनन् । पुल नहुँदा सर्वसाधारण कष्टकर वारपार गर्दै आएका थिए । सवारी भएका नागरिक सुरुङा घुमेर ओहोरदोहोर गर्दै आएका छन् ।

प्रकाशित मिति : कार्तिक ११, २०७६ सोमबार  ११ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]