जेष्ठ २, २०८१ बुधबार

प्रधानमन्त्री ज्यू, के अब म विदेश जाऔं ?

प्रणित पुडासैंनी

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ज्यू
महोदय, सर्वप्रथम त मुलुकको ३८ औँ प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकोमा ढिलै भए पनि हार्दिक बधाई । भुमिका नबाँधिकन तपाईलाई मेरो एउटा प्रश्न । के म पनि अब आफ्नो सुखद् भविष्य खोज्दै खाँडी जानु ?

म सँग मास्टर्स डिग्रीको योग्यता छ । सय जना मान्छे उभ्याउने हो भने ती मध्येबाट म केही न केही फरक सोच्न सक्छु, भन्नुको तात्पर्य म सँग क्षमता छ । आत्म बिश्वसी छु । आत्मविश्वसी बन्नका लागि युवाहरुलाई यस्तै यस्तै कुराको ज्ञान साटासाट गरेको पनि १० बर्ष भयो । म अहिले बिभिन्न पाँच सातवटा पेशा व्यवसायमा आवद्ध छु । करिव सय जना केही गर्न खोज्ने युवाहरुलाई आफूसँगै आवद्ध गराएर हामी अहिले काम गरिरहेका छौ । बिगतलाई हेर्ने हो भने केही बर्षअघि मात्रै सानो झुपडीको हैसियतबाट आफुलाई माथि उठाउदै अहिले सामान्य छत हाल्न सफल त भएको छु । तर यस भित्रको परिश्रम बाफ रे…… ।

म एक स्वभिमानी नागरिक बिदेश जाने कमाउने र रमाउने कुरामा पहिलैबाट बिपक्षी हुँ । मैले भेटे जति युवाहरुलाई पनि बिदेश जानु हुँदैन । त्यो लगानी र श्रम यत्तै खर्च गर्दा बिदेश यहि बनाउन सकिन्छ भन्दै आएको मान्छे । यहाँ सम्मकी अष्ट्रेलियको भिजा त्याग्नुसँगै डिभि भरेको अनुभव म सँग छैन ।

मेरो बुवा १३ बर्ष बिदेश बस्नु भयो । उहाँको आफ्नै तिता मिठा अनुभव छन् । उहाँले बिदेश जान कहिले पनि मलाई उत्प्रेरित गर्नु भएन । जति दुख मैले गरे बिदेशमा गएर दुख नगर्नु उहाँको सुझाव थियो । आमाको त झन के कुरा, आफ्नो छोरोले यहि केही गर्दै छ भनेर कम्ता गर्व महशुस गर्नु हुन्न । उहाँहरुकै साख जोगाउन पनि मैले यहि काम गर्न थालेको हुँ । अब के बुवा जस्तै दुखको सागरमा डुब्न र आफ्नो उमेर भरिको परिश्रम बेच्न म बिदेशिनु, अनि आमाले म माथि गर्दै गर्नु भएको गर्वको महशुस ? प्रधानमन्त्री ज्यू कृपया जवाफ दिनु होला । हिजो हजारौ युवालाई मैले आफ्नै देशमा केही गर्नुपर्छ भनेर भाषण गरेको अनि आज एउटा झोला बोकेर खाडी कसरी टेक्नु ? आखिर मैले पनि त ति तमाम युवालाई जवाफ दिनु पर्दैन र ?

व्यवस्था परिवर्तन भयो, अवस्था तपाईहरुको मात्रै परिवर्तन भयो । तपाई अहिले तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालि रहनु भएको छ । हुन त, तपाई नेतृत्वमा हुनुहुन्छ र यो पत्र तपाईलाई नै अहिले पठाउदै छु । तर जवाफ अहिलेका मुख्य राजनीतिक दलका शिर्षस्त नेताहरु सबैले दिनु नै पर्छ । भनिदिनु पर्यो प्रधानमन्त्री ज्यु, म के गरौं खाडी जाऔं ?

म आत्तिएको होइन, ऋणमा चुरलुम्म डुलेर बौलाएको पनि होइन । आत्मदह आत्महत्या गरेर आफुलाई कायर कदापी बनाउने छैन् । म बिचलित मात्रै भएको, निरास मात्रै भएको हुँ । देशको अवस्था देखेर म भक्कानी रहेको छु । आफुलाई सम्हाल्न सकिरहेको छैन । हिजो शुन्यबाट काम गर्न थालेको म आफ्नै क्षमताका कारण धेरै कुरा गरि सके, धेरैका लागि उदाहरण पनि बनेको छु । प्रयास गर्न पनि छाडेको छैन । नयाँ सोचका साथमा अझै केही युवालाई आफ्नै देशमा रोजगारी सृजना गर्न नँया–नयाँ कामको शुरुवात अझै गरिनै रहेको छु । तर मेरो लगानीको सुरक्षाको ग्यारेण्टी कसले लिन्छ ? प्रधानमन्त्री ज्यू ।

तपाईको सरकारको दिगोपना छैन् । अस्थिर राजनीतिले देशलाई आर्थिक हिसाव र क्षमता र नँया सोच भएका युवाहरुको हिसावले या चौतर्फी तरिकाले शुन्य बनाउदै गएको छ । आज १२ पढि सक्दा नसक्दा युवाहरु आफ्नो उज्वल भविष्य खोज्दै बिदेश भासिदै छन् । उनीहरुलाई कसरी देश फर्कउने केही सोच्नु भएको छ ? जवाफ दिनु होस् प्रधानमन्त्री ज्यू कि म पनि त्यही तातीको नेतृत्वको पछि लागौ ?

१५ बर्ष भयो राजनीति बुझेको । आज देशको अवस्था परिवर्तन हुन्छ । भोलि हुन्छ भन्दा भन्दै आफ्नो युवा अवस्थाको लोभलाग्दो उमेर बिताई सके । कति पटक सरकार परिवर्तन भयो भयो । डाटा नै हेर्नुपर्छ । तर जनस्तर परिवर्तन पटक्कै भएन । अझै सोध्दै छु, तपाईलाई म यहि बसौ या बिदेश जौ ?

हुन त बिदेश बिकल्प होइन । बिदेशमा भविष्य सुरक्षित नै छ भन्ने ग्यारेण्टी त कदापी छैन् । तर सँगैको साथी बिदेश गएरै उसको जिवनस्तर परिवर्तन गरेको देख्दा म बेतालमै स्वभिमानको हल्ला गरेर बसेछु जस्तो लाग्न थालेको छ । नभएको होइन, प्रगती नगरेको पनि होइन, तर देशको फ्यातुलो नीति र जरजर आर्थिक अवस्थाको सिकार म कहिले सम्म बनिरहुँ । आखिर मेरो पनि त सहन सक्ने हद् हुन्छ नी होइन र प्रधानमन्त्री ज्यू । म बिदेश जाउँला, मलाई अनुशरण गर्दै अरु केही युवा बिदेश जालान्, अनि यही क्रमले देश त रित्तो हुन्छ । अनि यो पाराले देशको समृद्धि कहिले होला ?

प्रधानमन्त्री ज्यू, मलाई तपाईबाट पनि खासै ठूलो आशा केही छैन् । मैलै धेरै हेरी सके । कयौं परिस्थितिको सामना गरिसके । सरकारले गर्छ की भनेर मुख कहिले पनि ताकिन, जे गरे आफ्नै बल बुँतोमा गरे । तर आज जवाफ यो पत्र मार्फत तपाईसँग माग्दै छु की अवस्था यस्तै हुने हो भने म पनि बिदेसिन्छु । कि के गरौं प्रधानमन्त्री ज्यू । कृपया जवाफ दिनु होला । धन्यवाद ।

प्रकाशित मिति : चैत्र १६, २०७९ बिहीबार  ८ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]