बैशाख १७, २०८१ सोमबार

आदिवासी जनजाति महासंघ अर्जुनधाराको नेतृत्वमा तामाङ

शनिश्चरे । नेपाल आदिवासी जनजाति महासंघ अर्जुनधारा नगर समन्वय परिषद्को अध्यक्ष पदमा कर्ण बहादुर तामाङ निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार परिषद्द्वरा अर्जुनधारा नगरपालिका –८ शनिश्चरे बजार स्थित सामुदायिक भवनमा आयोजित दोस्रो अधिवेशनबाट तामाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिवेशनबाट नयाँ कार्यसमितिको उपाध्यक्षमा भिमकुमार श्रेष्ठ, महिला उपाध्यक्षमा सिर्जलाल चौधरी, मिना दनुवार, सचिवमा बिजय राई, सहसचिवमा देवी सुनुवार, भूपाल राना मगर, महिला सहसचिवमा अनिता टुडु र कोषाध्यक्षमा चन्दा मेचे निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक रोहित खवासले जानकारी दिए ।

त्यसैगरी सदस्यहरुमा विमला देवी कुमाल, सविता कुमारी राजवंशी, फूर्वा गुरुङ, हरिकुमार माझी, याम खवास र सिंह लिम्बू निर्वाचित भएका छन् ।

अधिवेशन खुल्ला सत्र कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल आदिवासी जनजाति महासंघ झापा जिल्ला समन्वय परिषद्का अध्यक्ष पाण्डवलाल चौधरी रहेका थिए भने कार्यक्रमको अध्यक्षता परिषद्का नगर अध्यक्ष जगत बहादुर राना मगरले गरेका थिए ।

सोही अवसरमा परिषद्ले खेलकुद तर्फ रेवत मगर, हेम नारायण चौधरी, रेणु लिम्बू, खुश्मा राई, रञ्जना राई र नृत्यतर्फ मुना राना मगरलाई सम्मान गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि चौधरीले शुभकामना मन्तव्य राख्दै धर्म संस्कृति पहिचानका लागि आफूहरु संर्घष गरिरहने र कोशी प्रदेशको नाम परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । राज्यले उनीहरुलाई अधिकार विहीन बनाएको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य मिना पान्धाक, नेपाली कांग्रेस नगर उपसभापति चतुर्भुज काफ्ले, राप्रपाका नगर अध्यक्ष सुर्य खतिवडा, अर्जुनधारा नगरपालिका –७ का वडा अध्यक्ष गोविन्द प्रसाद खतिवडा, वडा सदस्य देवकुमार राई, नेवा देव दवु अर्जुनधारा नगर समितिका अध्यक्ष मणी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ अर्जुनधारा नगर समन्वय परिषद्को कार्यसमितिको कार्यकाल ३ वर्षे रहने बताइएको छ ।

प्रकाशित मिति : चैत्र १७, २०७९ शुक्रबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]