बैशाख २०, २०८१ बिहीबार

हल्दिबारीको बाल संस्कार केन्द्रलाई जग्गादान

बिर्तामोड । बाल संस्कार केन्द्र सञ्चालनका लागि हल्दिबारी वडा नं ३ की ईश्वरा तिवारी र खड्ग तिवारीले रु दश लाख मूल्य बराबरको एक कठ्ठा जग्गा दान गर्नुभएको छ ।

जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपालका झापा अध्यक्ष शङ्कर भट्टराईले हल्दिबारीलगायत झापाका २५ स्थानमा हिन्दू धर्म, संस्कार र देशभक्ति शिक्षा प्रदान गर्न एक गाउँ एक बाल संस्कार केन्द्र सञ्चालन गर्दै आएको बताउनुभयो ।

उहाँका अनुसार कोशी प्रदेशमै पहिलोपल्ट हल्दिबारी–३ मा बाल संस्कार केन्द्रलाई जग्गा प्राप्त भएको हो । सो जग्गामा भवन निर्माण गरी प्रदेशमै नमुनायोग्य कार्य गरिने उहाँले बताउनुभयो । अभियानले विद्यालय गइरहेका बालबालिकालाई बिहान र बेलुकाको समयमा गाउँमै संस्कार शिक्षा दिएर समाजलाई गुण लगाएको विश्व हिन्दू परिषद् झापाका अध्यक्ष होमनाथ ढुङ्गेलले बताउनुभयो ।

अभियानका कोशी प्रदेश उपाध्यक्ष पं सोमनाथ सुवेदीले असल संस्कार सिकाउने उद्देश्य लिएको बाल संस्कार केन्द्र मुलुकको ६४ जिल्लामा सञ्चालन भइरहेको जानकारी दिनुभयो । चैत २१ गतेदेखि अर्जुनधार वडा नं ६ मा झापा र इलामका एकल विद्यालयका अध्यापकको सात दिवसीय बर्गभेला आयोजना गरियो ।

प्रकाशित मिति : चैत्र १८, २०७९ शनिबार  १० : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]